साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन छोटा कविता

यत्रतत्र एटिएम काउन्टर छ यत्ति हो— एटिएमबाट पैसा लिएर फर्किने कि त्यसलाई क्षमा दिएर फर्किने भन्ने अनुमान गर्न भने राशीफल हेर्नु पर्छ ।

Nepal Telecom ad

ईश्वर पोखरेल :

शाकाहार

जाँड खानु भएन, रक्सी खानु भएन
माछा खानु भएन, मासु खानु भएन
सञ्चो रहेनछ—
‘खान्न’ भन्नुभयो र त्यसपछि उहाँले यी सबै
खानु त के, छुनु पनि भएन ।
निष्ठाको सवालमा उहाँको अभिनन्दन गरे हुन्छ
पूजा गरे पनि हुन्छ ।
उहाँले पटकपटक
इमान, विवेक र सुशासनका पक्षमा सफत खानु भयो
र, बस्; घुस खानु भयो ।

बाइकको स्पिड

बाइकले पहिलेको जति स्पिड लिएन ?
चाबी छोराको हातमा थमाउनोस्
र, आफू पछाडि बस्नोस् ।
अझै पुगेन स्पिड ?
त्यो सिट उसको गर्लफ्रेन्डका लागि खाली गर्नोस्
र, आफू घरमै बस्नोस् ।

एटिएम काउन्टर

अचेल पैसा निकाल्न बैकको काउन्टरमा
लाइन लाग्नु पर्दैन,
यत्रतत्र एटिएम काउन्टर छ
यत्ति हो—
एटिएमबाट पैसा लिएर फर्किने कि
त्यसलाई क्षमा दिएर फर्किने भन्ने
अनुमान गर्न भने राशीफल हेर्नु पर्छ ।

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x