साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दृष्टि मैले गुमाएँ

न देब्रे छिमेकीसँगै मीत लाएँ, न ता दाहिनेको लुकी गीत गाएँ । न साँडे कुनैको हुँडाल्नो कन्याएँ न ता दाम राखेर ढोगी रमाएँ ।

Nepal Telecom ad

कोमलप्रसाद पोखरेल :

न ता संसदीय प्रथा चाख्न पाएँ,
न नेता बनी नाम ठूलो कमाएँ ।
अरूकै तमासा नियाल्दा नियाल्दै
दुवै नेत्रका दृष्टि मैले गुमाएँ ।

न ता वानप्रस्थी भई बन्धुवृक्ष,
जथाभाबि छ्याँसेर साफै बनाएँ
न तत्काल फर्की गृहस्थी बनेर
विरोधी सबै पणर्शाला धपाएँ ।

न भान्से भई देश सिङ्गै पकाएँ,
न आफैं अघाएर बन्डा लगाएँ ।
न ता भ्रष्ट निर्मूल पार्ने भनेर
स्वयं भ्रष्टको बीज रोपी बढाएँ ।

न माता पिता वृद्धशाला पठाएँ,
घरैमा बसाई न नाङ्लो ठटाएँ ।
अरूकै तमासा नियाल्दा नियाल्दै
दुवै नेत्रका दृष्टि मैले गुमाएँ ।

न देब्रे छिमेकीसँगै मीत लाएँ,
न ता दाहिनेको लुकी गीत गाएँ ।
न साँडे कुनैको हुँडाल्नो कन्याएँ
न ता दाम राखेर ढोगी रमाएँ ।

न ता बाघ भै जन्तु सारा भगाएँ,
न छाली झिकी आफू मात्रै अघाएँ ।
अरूकै तमासा नियाल्दा नियाल्दै,
दुवै नेत्रका दृष्टि मैले गुमाएँ ।

०००
झापा
‘म फर्केर आएँ’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x