साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाइस्काेप

एक पटक भाेट खसालेकाे चार्जमा पटरीवाल बाइस्काेप देखाइरहेछ हाउडाके पुल देखाे कुतुवमिनार देखाे आग्राके ताजमहल देखाे ....देखाे ....देखाे ....फाइल देखाे हमारा स्टाइल देखाे ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

अवसर यै हाे ।
अन्तर कुन्तरमा लुकेका फाेटाहरु निकालाैं
सबैले देख्नेगरीकाे वालमा हालाैं
म यता किचनतिरकाे
म उता साेफानिरकाे
आफूलाई उहाँ नजिक पार्नेगरी नियालाैँ
प्रशस्तीमा अनेकानेक शब्दहरू लेखाैँ
भक्तिकाेशका प्रविष्टिहरूले छेकाैँ
अस्ति पूरा नभएका मनाेकाङ्क्षा पूरा गराैँ
मुखभरी आशावरीले भराैँ ।

मन परेन ?
उसाे भा मनग्गे गाली छराैँ
फाेहाेरी फाेहाेरी दृश्यहरू इडिट गराैँ
थुक्क ! थुक फालाैँ
धेरै दिन कुण्ठिएकाे अमिलाे डकारले
मुखभरी ढ्याउ भराैँ ।

एक पटक भाेट खसालेकाे चार्जमा
पटरीवाल बाइस्काेप देखाइरहेछ
हाउडाके पुल देखाे
कुतुवमिनार देखाे
आग्राके ताजमहल देखाे
….देखाे
….देखाे
….फाइल देखाे
हमारा स्टाइल देखाे ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x