विनाेद खनालबोलबमको महिमा
लामु त्यो दारीले छोपिन्छ कुकर्म, चेष्टा त्यो दारीले देखाउने सुधर्म। दारी र सारीको देखियो संयोग, वारि र पारिको देखियो वियोग।।

विनाेद खनाल :
साउनै नलागी बोलबम धाउँछन्,
पहेंला कपडा शरीरमा लाउँछन्।
शिवका भक्त झैं यी बडा देखिन्छन् ,
चरेस,अफिम,जाँडरक्सी धोक्तछन्।।
महिला पाटीको हरियो रङ्ग छ,
फेसन देखेर संसारै दङ्ग छ।
पुरुषलाई भुलाउने उनको ढङ्ग छ,
घरको काम चैं भरी र भण्ड छ।।
बोलबमको भीडमा पस्तछन् रमाई,
हिँड्दछन् आपसमा हात कुम समाई।
बोलबम गन्तब्य मन्दिर हो शिवको,
संगमस्थल भो केटा र केटीको।।
कतिले प्रदर्शन गर्दछन् हारीको,
कतिले प्रदर्शन गर्दछन् सारीको।
कतिले गहना लुट्दछन् नारीको,
कतिले प्रदर्शन गर्दछन् दारीको ।।
लामु त्यो दारीले छोपिन्छ कुकर्म,
चेष्टा त्यो दारीले देखाउने सुधर्म।
दारी र सारीको देखियो संयोग,
वारि र पारिको देखियो वियोग।।
हिन्दुका धर्ममा आए है विकृति ,
भित्रिन थाले है विदेशी संस्कृति ।
पण्डितजी, पुरेतजी, दाजुभाइ मिलेर
जोगाउँ स्वधर्म देशमै बसेर ।।
०००
धुलाबारी, झापा
Subscribe
Login
0 Comments
Oldest







































