साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोला भिर्नु होला

नामका लागि गरियो बोक्नु होला दिनदिनै नयाँ नयाँ विधा लेखेर खोक्नुहोला परेको खण्डमा ठोक्नुहोला मिति तोक्नु होला साँझ परेपछपि धोक्नुहोला झोला बोक्नुहोला ।

Nepal Telecom ad

होम सुवेदी :

न गुरु हुन जानियो
न चेलै हुन जानियो
केही नजानेकोले
धेरै धेरै पछि परियो
जीवनभरि
दुःखको कनिका छरियो
न कसैले चिने
न कसैले पुजे
न कसैले
मनको बह बुझे
मनकी बात तो बहुत दूर
कुछ नही मिला मुझे ।
साहित्यकार बनौँ भनेको
न यता तरियो न उता तरियो
यसै भैँमा झरियो
कोरिया जान नपाएकाहरूले
खोरिया लेखेर धुम छ
खोरिया नलेख्नेहरूले
डाली लेखेर उधुम छ
त्यो पनि नलेख्नेहरूले
कोपिला लेखेर बुम बुम छ
आफूलाई त सत्र अक्षरको
हाइकु लेख्न पनि
टुम टुम छ ।
आफूले बाछिटा पनि जानिएन
कोपिला पनि जानिएन
डाली पनि जानिएन
फाली पनि जानिएन
कतैतिर ताली पनि हानिएन
यसैले पछि परियो
यसै दुःखको खाडलमा झरियो
बोकिएन तेलको गरियो
यसैले पछि परियो ।

नामका लागि गरियो बोक्नु होला
दिनदिनै नयाँ नयाँ विधा
लेखेर खोक्नुहोला
परेको खण्डमा ठोक्नुहोला
मिति तोक्नु होला
साँझ परेपछपि धोक्नुहोला
झोला बोक्नुहोला
छेउमा सधैँ बस्ने मन्त्र
घोक्नुहोला
आफुले ता यो विधि
अलिक पछि मात्र जानियो
सेतोलाई सेतो भन्न मात्र जानियो
गुरुलाई ईश्वर जस्तो ठानियो
न कसैको फेर न खुट्टा तानियो
त्यसैले पछि परियो
दुखका खाल्टामा झरियो
सल्लाह छ
जताबाट पनि माथितिर छिर्नु होला
अकुत उन्नतिका लागि
मौकैमा झोला भिर्नु होला ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x