सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मोटो यात्रुसँग बस सहचालक

तपाईं बसेको सिटमा अर्को अट्दै अट्दैन सिङ्गल सिट देखाऊँ भने तपाईंकै आधा ज्यान अट्दैन एउटा प्रश्न सोधूँ, दाइ ? जवाफ दिनु हुन्छ ? तपाईंको मोटोपनलाई लिएर घरमा कसैले केही गुनासो गर्दैनन् ?

Nepal Telecom ad

ईश्वर पोखरेल :

मेरो सधैँ यही समय पर्छ ।
सधैँ तपाईं जस्तै मोटामोटा मान्छे चढाउनु परे
घाटा लाग्छ र यो भाइ ठहरै मर्छ ।
नभए यसो गर्नोस्—
कि, दश मिनेट छिटो आउनोस्
कि, दश मिनेट ढिलो आउनोस्
तीनजनाको स्पेस एक्लै ओगट्नु हुन्छ— तपाईं
यही समय आउनुहुन्छ भने
प्लिज, दाइ !
शरीर अलिक घटाएर आउनोस् ।

एक्सरसाइज गर्नोस्, दाइ !
खाना कम खानोस्
भ्याउनु हुन्छ भने जिमखाना जानोस् । .
ड्रमबेल उठाउनोस्
मोर्निङ्गवाकमा जानोस्;
कि त एउटा ट्रेडमिल किन्नोस्
र, त्यसमा हिँड्नोस् ।
दिउँसो सुत्दै नसुत्नोस् दाइ !
बिन्ति, दाइ भनेको मान्नोस् । .

ज्यान ठूलो छ भनेर
भाडा बढी लिन नमिल्ने
ज्यान साह्रै पातलो रहेछ भनेर
कन्सेसन दिन नमिल्ने .
बस रोक्ने ठाउँमा रोक्नै परि गो
चढ्ने मान्छेलाई ‘तँ नचढ्’ भन्न पनि नमिल्ने !
बस ट्याम्के भए पनि अफिस टाइममा त यसमा
कति चड्छन्; चड्छन् ।
तपाईं जस्तै मोटा मान्छे चड्ने हो भने त यसमा
खोई, कति पो अट्छन् !
बसभित्र तपाईंको स्थान निश्चित गर्न पनि
सकस भो— मलाई
अगाडि राखौँ; पुरै बाटो छेकिन्छ ।
पछाडि राखौँ; तपाईंलाई ओराल्न
बसभित्रका आधासरो मान्छे झार्नु पर्छ ।
मर्का बुझ्नोस्, दाइ !
भात रोटी कम खानोस्,
सागपात बढी खानोस्;
मलाई आफ्नै भाइ ठान्नोस् ।
प्लिज दाइ, भनेको मान्नोस् ।

दुईजनाको सिट हो भनेर के गर्नु ?
तपाईं बसेको सिटमा अर्को अट्दै अट्दैन
सिङ्गल सिट देखाऊँ भने
तपाईंकै आधा ज्यान अट्दैन
एउटा प्रश्न सोधूँ, दाइ ?
जवाफ दिनु हुन्छ ?
तपाईंको मोटोपनलाई लिएर
घरमा कसैले केही गुनासो गर्दैनन् ?
अहिलेसम्म कसैले गुनासो गरेकै छैनन् त ?
भाउजूले पनि गुनासो गर्नु भा’ छैन ?
साँच्चै गर्नु भा’ छैन त ?
साह्रै सहनशील हुनुहुँदोरहेछ— भाउजू
भाउजूमा मेरो नमस्कार पुगोस् ।
भाइको दुःख बुझ्नोस्, दाइ !
मलाई आफ्नै भाइ ठान्नोस् ।
बिन्ति, दाइ ! भनेको मान्नोस् ।

०००
इमाडोल, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
हास्यव्यङ्ग्य कसरी लेख्ने ?

हास्यव्यङ्ग्य कसरी लेख्ने ?

उत्तमकृष्ण मजगैयाँ
जनताको भागमा तिरैतिर

जनताको भागमा तिरैतिर

सुभाषचन्द्र देवकाेटा
उल्टो बगेकी किन ?

उल्टो बगेकी किन ?

जगदीश्वर पाेखरेल
चुरा लगाऊ कविजी

चुरा लगाऊ कविजी

रमेश खकुरेल
हनुमान गाथा

हनुमान गाथा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x