साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

नोकर हुन कुन देशजाने खोज्नु पर्‍या छ बाकसबाट आउने बाटो रोज्नु पर्‍या छ गाउँ भरी बूढा पाका आफ्नोपनको माया दरबारमा नेताहरू विदेशीको छायाँ बाढिआयो बस्ती बगर हेर्नु पर्‍या छ दरबारकाले कुर्सी तानी गर्नु पर्‍या छ ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

धेरै पहिलेदेखि सुनियो यो देशमा परिवर्तन हुनुपर्छ । समय अनुसार कहिले पन्चायत फाल्नुपर्छ त्यसको ठाउँमा बहुदलीय व्यवस्था हाल्नुपर्छ । पछि बहुदलको भ्वाङ टाल्नुपर्छ गणतन्त्रको टालो हाल्नुपर्छ । बाहिर बाहिर यस्तै सुनियो । भित्र भित्रभने भएको रहेछ उद्योगधन्दा बेच्नुपर्छ युवा विदेश खेद्नु पर्छ । भ्रष्टाचार मौलाउन पर्छ सामान्य नागरिक बौलाउनुपर्छ । परिवर्तनको शायद युग सुहाउँदो वैज्ञानिक रूप होला यी तर हामीले बेलैमा बुझिएन । त्यसैले होला परिवर्तनको यस्ता रूप यसरी पनि देखिए राजनीतिक भाँडभैलो उम्लिने कमिशन खल्तिमा कुम्लिने, राम्राहरूलाई लात दिने हाम्राहरूलाई साथ दिने, ज्ञान सीप क्षमता नालिमा आस्थावाद पालिमा, विदेशभक्ती नियम नीति स्वदेशभक्तिको सिद्ध्याइदेउ मिति, धर्म सँस्कृतिलाई गोलि हान अधर्म विकृतिलाई मानसम्मान, उत्कृष्टलाई तिरस्कार निकृष्टलाई पुरस्कार, कुकर्मिलाई कुर्सीमा सुकर्मिलाई किर्तेमा, देशको सिमाना घटिरहोस् हाम्रो खल्ती बढिरहोस्, विदेशी बिना नाम छैन स्वदेशी भाषा काम छैन, क ख ग घ हो हराम ए बि सि डि ऐश आराम, कर्मचारी नेता मस्तिमा जनता सधैँ सास्तिमा ।

हुन त समयसँगै कतिपय भाषाका पुराना शब्दहरू हराउने नयाँ शब्दहरू पलाउने, शब्दका अर्थमा भिन्नता स्थापित हुनेपनी हुन्छ अरे । हाम्रो देशमा पनि परिवर्तन नामाक शब्दको त्यस्तै भएको हो कि हजारौँ लाखैं हामीहरूले नबुझेका हौँ कुन्नी ? पहिले प्रजातन्त्र भनिन्थ्यो अहिले पअर जा तँ नत्र भएको छ । पहिले बहुदल भनिन्थ्यो अहिले त्यो बाहुबल भएको छ । पहिले गणतन्त्र भनिन्थ्यो अहिले त्यो छाडातन्त्र हुँदै राणातन्त्रसम्म पुगेको छ । पहिले जनवाद सुनिन्थ्यो अहिले त्यो धनबाद र डनबादको समावेशी भएको छ । सायद नौरङ्गी डाँफेलाई राष्ट्रिय चरो मान्ने स्थान भएकोले होला यहाँ परिवर्तन पनि नौरङ्गी नै हुने गरेको छ ।

सिद्धार्थलाई सिध्याउँदै एङ्गेल्स मार्क्सलाई मान्यो भने परिवर्तन, जनताको आँखामा महङ्गी बेरोजगारी भ्रष्टाचार आदिको धुलो छरी कानमा कुअर्थका ब्याख्याले घोचेर एम सि सि जस्तो निकृष्टचिज भित्र्याउनु परिवर्तन, अनेक जालझेल गरि तराईका पसलबाट विदेशीलाई नागरिकता बेच्नु परिवर्तन, विदेशीलाई बेच्न पुग्ने बिजुली हुँदाहुँदै तेलको पाइपलाइन बिस्तार गर्नु परिवर्तन, लामोसमयसम्म राम्रोसँग काम दिएको नागरिकता च्यात्दै राष्ट्रिय परिचयपत्र नामको नौटङ्की गर्नु परिवर्तन, देशका बलिया जनशक्तिलाई अन्त लखेटेर देशलाई संसारकै सर्वबृहत् बालबृद्धाश्रम बनाउनु परिवर्तन, बा आमालाई बालेर ड्याडी मम्मी बनाउनु परिवर्तन, स्याउ सुन्तला बयर डुम्री काफल दाल भात सेलरोटी सेलाएर बर्गर पिज्जा डोसा इडली चाउमिन पास्ता सस चलाउनु परिवर्तन हाे कि ?

अनेकतामा एकता भएर मिलेको देशलाई सात टुक्रा पार्नु परिवर्तन, आपसी सहयोग सद्भावको सँस्कार मिल्काएर जातीय द्वन्द्व उराल्नु परिवर्तन, सिङ्गै चार वेद चार उप्वेद अठार पुराण अठार उपपुराणसँग नडराएको देश एउटा ॐ अक्षरसँग सातोपुग्लो जानू परिवर्तन, देशले नरूचाएका दलहरूको र व्यक्तिहरूको पालैपालो सत्तारोहण परिवर्तन जनताले कहिल्यै नचाहेको गणतन्त्र र सङ्घीयता जबर्जस्ती लाद्नु परिवर्तन … आहा कति धेरै परिवर्तन । शतबिउ छर्ने पर्व मनाउने देशमा शतबिउजस्तै बहुविधिका बहुरूपका परिवर्तन ।

देशका जनताको थाप्लोमा ऋणमाथि ऋण थप्नु परिवर्तन छुट्ट्याएको बाजेको आधा पनि खर्च गर्न नसक्नु परिवर्तन धान रोप्ने असारमा बजेट रोप्ने हतार परिवर्तन पराइसित पल्कने घरबार सल्काउने परिवर्तन, राम सीता बुद्ध शिव पार्वती गणेश हनुमान जन्मेको भूमि हो भन्न नसक्ने परिवर्तन, यस्ता अनेक परिवर्तन स्वरसम्राट मरेर गए पनि चोरसम्राटहरू जहिल्यै अजम्मरी परिवर्तन अनि परिवर्तन अनि परिवर्तन अनि परिवर्तन ।

त्यसैले होला हामी जनताहरूले स्वर्गीय स्वरसम्राट नारायण गोपालको स्वरमा स्वर मिलाउँदै भन्नु परेको छ-

परिवर्तनको बाढीले देश मास्न लाग्या छ
मुटुमाथि पहाड राखी हाँस्न लाग्या छ
नोकर हुन कुन देश जाने खोज्नु पर्‍या छ
बाकसबाट आउनेबाटो रोज्नु पर्‍या छ

गाउँ भरी बूढा पाका आफ्नोपनको माया
दरबारमा नेताहरू विदेशीको छायाँ
बाढिआयो बस्ती बगर हेर्नु पर्‍या छ
दरबारकाले कुर्सी तानी गर्नु पर्‍या छ ।

०००
२०८१ साउन ३
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x