साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सापटी श्रीमती

कुनै मानिसले तबसम्म उसलाई किनिसकेको थियो । मुस्कुराउँदै निस्कँदै गर्दा उसले थप्न भ्यायो ‘राम्रो कुरो त सबैलाई काम लाग्ने पो हुनुपर्छ त ।’

Nepal Telecom ad

सञ्जय साह मित्र :

‘तेरी श्रीमती कस्ती काली । छि ! अनुहार हेर्दै घिन लाग्लाजस्तो ।’ फोटो दोकानमा फ्रेममा सजिएको हेर्दै परेवा जोडीजस्तो लाग्नेमध्ये पुरुषले नाकले घृणा फ्याँक्दै भन्यो ।

अर्को फ्रेमबाट आवाज निस्क्यो –‘अनुहारै पनि कस्तो नमिलेको ? रोएको हो कि हाँसेको थाहै नहुने’ । उसकी श्रीमती परीजस्ती देखिन्थी ।
‘बोली त काग कराएको । जिब्रोमा तरबार बाँधेजस्तो ।’ छेवैमा रहेको बौद्धिक फोटोले दार्शनिकता देखायो । बौद्धिक प्राणीकी पत्नीको मुस्कानले चन्द्रोदय गरेको थियो ।

‘त्यसमाथि झन् रिसाही’ पहिलोले बाँकी विशेषण थप्यो ।
‘मेरी श्रीमती कति राम्री, हाँसिरहने, हेर्दा हेरिरहूँ लाग्ने, सँगै लिएर हिँडीरहूँ लाग्ने, पार्टीमा झन् सबैले मेरै श्रीमतीतिर हेर्ने । आफ्नो इज्जत गर्वले बढ्ने । श्रीमती होओस् त यस्ती ।’ उसकी श्रीमतीको कुनै आलोचना नगरी भद्र फोटोले प्रशंसा गरेरै हेप्न खोज्यो ।

आलोचना नभएको दिनलाई शुभ नमान्ने जोडीमध्ये पोइ फोटोले जित्ने गरी जबाफ दियो – ‘कोही मलाई आफ्नी श्रीमती एक दिनको लागि सापटी देऊ । राम्री श्रीमती लिएर एउटा कार्यक्रममा जानु छ ।’ अघिदेखि आलोचना र प्रतिआलोचना चैँ ढुंगो जस्तै भएर सुनेको थियो । उसैकी श्रीमती, तिनीहरुको भाषामा, असाध्यै नराम्री थिई ।

श्रीमान्को प्रस्ताव सुनेर सबै फोटो एकापसमा हेराहेर गरे र मूर्तिजस्तै चुपो लागे ।
‘उसो भए, मलाई जुनसुकै बखत काम लाग्ने मेरै श्रीमती राम्री’ भन्यो ।

कुनै मानिसले तबसम्म उसलाई किनिसकेको थियो । मुस्कुराउँदै निस्कँदै गर्दा उसले थप्न भ्यायो ‘राम्रो कुरो त सबैलाई काम लाग्ने पो हुनुपर्छ त ।’

हारेको मुस्कान बाँकी फोटाहरुको अनुहारमा दाैड्यो ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x