
सापटी श्रीमती
कुनै मानिसले तबसम्म उसलाई किनिसकेको थियो । मुस्कुराउँदै निस्कँदै गर्दा उसले थप्न भ्यायो ‘राम्रो कुरो त सबैलाई काम लाग्ने पो हुनुपर्छ त ।’

सञ्जय साह मित्र :
‘तेरी श्रीमती कस्ती काली । छि ! अनुहार हेर्दै घिन लाग्लाजस्तो ।’ फोटो दोकानमा फ्रेममा सजिएको हेर्दै परेवा जोडीजस्तो लाग्नेमध्ये पुरुषले नाकले घृणा फ्याँक्दै भन्यो ।
अर्को फ्रेमबाट आवाज निस्क्यो –‘अनुहारै पनि कस्तो नमिलेको ? रोएको हो कि हाँसेको थाहै नहुने’ । उसकी श्रीमती परीजस्ती देखिन्थी ।
‘बोली त काग कराएको । जिब्रोमा तरबार बाँधेजस्तो ।’ छेवैमा रहेको बौद्धिक फोटोले दार्शनिकता देखायो । बौद्धिक प्राणीकी पत्नीको मुस्कानले चन्द्रोदय गरेको थियो ।
‘त्यसमाथि झन् रिसाही’ पहिलोले बाँकी विशेषण थप्यो ।
‘मेरी श्रीमती कति राम्री, हाँसिरहने, हेर्दा हेरिरहूँ लाग्ने, सँगै लिएर हिँडीरहूँ लाग्ने, पार्टीमा झन् सबैले मेरै श्रीमतीतिर हेर्ने । आफ्नो इज्जत गर्वले बढ्ने । श्रीमती होओस् त यस्ती ।’ उसकी श्रीमतीको कुनै आलोचना नगरी भद्र फोटोले प्रशंसा गरेरै हेप्न खोज्यो ।
आलोचना नभएको दिनलाई शुभ नमान्ने जोडीमध्ये पोइ फोटोले जित्ने गरी जबाफ दियो – ‘कोही मलाई आफ्नी श्रीमती एक दिनको लागि सापटी देऊ । राम्री श्रीमती लिएर एउटा कार्यक्रममा जानु छ ।’ अघिदेखि आलोचना र प्रतिआलोचना चैँ ढुंगो जस्तै भएर सुनेको थियो । उसैकी श्रीमती, तिनीहरुको भाषामा, असाध्यै नराम्री थिई ।
श्रीमान्को प्रस्ताव सुनेर सबै फोटो एकापसमा हेराहेर गरे र मूर्तिजस्तै चुपो लागे ।
‘उसो भए, मलाई जुनसुकै बखत काम लाग्ने मेरै श्रीमती राम्री’ भन्यो ।
कुनै मानिसले तबसम्म उसलाई किनिसकेको थियो । मुस्कुराउँदै निस्कँदै गर्दा उसले थप्न भ्यायो ‘राम्रो कुरो त सबैलाई काम लाग्ने पो हुनुपर्छ त ।’
हारेको मुस्कान बाँकी फोटाहरुको अनुहारमा दाैड्यो ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest