सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आदर्शमात्रै किन छाँट्दछन् यी

ठेक्का मिलोस् लौ अब एक सम्धी चाहे बनोस् त्यो पुल घाट जब्दी । सत्ता मिलेमा सब देशभक्त सत्ता गुमेमा प्रतिपक्ष प्रष्ट ठेक्का मिलोस् लौ अब एक सम्धी चाहे बनोस् त्यो पुल घाट जब्दी ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सन्तान अङ्लोतिर पढ्न लाए
तर्काउँदै पार उता पुर्‍याए
आफू स्वयम् छन् पर तानिएका
मोहान्ध भाषातिर हानिएका ।१

श्री भानुको जन्म गते मनाए
गोष्ठी तथा भाषण क्या जमाए
भाषा र साहित्य गरेर फाँकी
आदर्श मासे अब छैन बाँकी ।२

आदर्श मान्छन् सब पश्चिमी यी
बेचेर खान्छन् घरभित्रका कि
अस्तित्व आफ्नो सब राख राख
पाए पुरा खान उही छ लाख ।३

सत्ता मिलेमा सब देशभक्त
सत्ता गुमेमा प्रतिपक्ष प्रष्ट
ठेक्का मिलोस् लौ अब एक सम्धी
चाहे बनोस् त्यो पुल घाट जब्दी ।४

यो देश राम्रो हुन सक्छ भोलि
लम्केर बाटो लिन सक्छ भोलि
नेता भए दृष्टि उचा गरून् यी
आदर्शमात्रै किन छाँट्दछन् यी ।५

०००
बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पार्टी खोलौँ आऊ

पार्टी खोलौँ आऊ

घनश्याम रेग्मी
भ्रष्टलाई बधाई छ

भ्रष्टलाई बधाई छ

घनश्याम रेग्मी
बोल्न मिल्दैन भाइ

बोल्न मिल्दैन भाइ

घनश्याम रेग्मी
आजको कथा

आजको कथा

घनश्याम रेग्मी
अँगार

अँगार

घनश्याम रेग्मी
अझै होली खेल

अझै होली खेल

घनश्याम रेग्मी
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
हास्यव्यङ्ग्य कसरी लेख्ने ?

हास्यव्यङ्ग्य कसरी लेख्ने ?

उत्तमकृष्ण मजगैयाँ
जनताको भागमा तिरैतिर

जनताको भागमा तिरैतिर

सुभाषचन्द्र देवकाेटा
उल्टो बगेकी किन ?

उल्टो बगेकी किन ?

जगदीश्वर पाेखरेल
चुरा लगाऊ कविजी

चुरा लगाऊ कविजी

रमेश खकुरेल
हनुमान गाथा

हनुमान गाथा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x