साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदर्शमात्रै किन छाँट्दछन् यी

ठेक्का मिलोस् लौ अब एक सम्धी चाहे बनोस् त्यो पुल घाट जब्दी । सत्ता मिलेमा सब देशभक्त सत्ता गुमेमा प्रतिपक्ष प्रष्ट ठेक्का मिलोस् लौ अब एक सम्धी चाहे बनोस् त्यो पुल घाट जब्दी ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सन्तान अङ्लोतिर पढ्न लाए
तर्काउँदै पार उता पुर्‍याए
आफू स्वयम् छन् पर तानिएका
मोहान्ध भाषातिर हानिएका ।१

श्री भानुको जन्म गते मनाए
गोष्ठी तथा भाषण क्या जमाए
भाषा र साहित्य गरेर फाँकी
आदर्श मासे अब छैन बाँकी ।२

आदर्श मान्छन् सब पश्चिमी यी
बेचेर खान्छन् घरभित्रका कि
अस्तित्व आफ्नो सब राख राख
पाए पुरा खान उही छ लाख ।३

सत्ता मिलेमा सब देशभक्त
सत्ता गुमेमा प्रतिपक्ष प्रष्ट
ठेक्का मिलोस् लौ अब एक सम्धी
चाहे बनोस् त्यो पुल घाट जब्दी ।४

यो देश राम्रो हुन सक्छ भोलि
लम्केर बाटो लिन सक्छ भोलि
नेता भए दृष्टि उचा गरून् यी
आदर्शमात्रै किन छाँट्दछन् यी ।५

०००
बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x