साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए जुके भाइ तिमीलाई धन्यवाद दिइनँ है

सम्पादकलाई बुइमा राखेर बोकिरहनु पनि पर्दैन यसैले ए जुके भाइ तिमीलाई मेरो यो रचना छापिदियौ भनेर धन्यवाद दिइनँ है तेलठेकी लिएर आइनँ है तिमीलाई बुइमा उठाइनँ है तिम्रो प्रशंसाको गीत गाइनँ है ।

Nepal Telecom ad

होम सुवेदी :

सम्पादक लेख्ता
सम्पाधक लेख्ने
अक्षर नचिनेका सम्पादकलाई जस्तो
तिमीलाई धन्यवाद नदिए पनि हुन्छ
तिम्रो जस नलिए पनि हुन्छ
तेलधारी लिएर आउनु पनि पर्दैन
तिम्रो अफिसमा धाउनु पनि पर्दैन
गाना गाउनु पनि पर्दैन
माला खादा लाउनु पनि पर्दैन
सारै सजिलो छ
लेन पनि छैन
देन पनि छैन
यहाँ निःशुल्क छ
म जुके भाइकोमा आफ्ना रचना पोस्ट गर्छु
आफूभित्रका शब्द यतै छर्छु
यस काममा लागि
जुके भाइको चाकरी गरिरहनु पर्दैन
यो यो रचना यस पत्रिकाले छापिदियो भनेर
प्रशंसाका शब्द छरिरहनु पर्दैन
सम्पादकको पाउ परिरहनु पर्दैन
एउटा रचना छपाउन
मरिरहनु पर्दैन
झोला लिएर
यता उता सरिरहनु पर्दैन
खुकुरीको पानी छरिरहनु पर्दैन
एउटा रचनाका लागि
नैतिकताको धरातलबाट
पातालतिर झरिरहनु पनि पर्दैन
दाँत ङिच्याउन पनि पर्दैन
छापिएपछि दुनियाँलाई देखाउन
चियाउनु पनि पर्दैन
मेरो फलानो रचना ता
यति कक्षामा पो राखिदिएछन् भनेर
ढ्याङ्ग्रो ठोकिरहनु पनि पर्दैन
सम्पादकलाई बुइमा राखेर
बोकिरहनु पनि पर्दैन
यसैले ए जुके भाइ
तिमीलाई मेरो यो रचना छापिदियौ भनेर
धन्यवाद दिइनँ है
तेलठेकी लिएर आइनँ है
तिमीलाई बुइमा उठाइनँ है
तिम्रो प्रशंसाको गीत गाइनँ है ।
धन्यवाद भन्नु नपर्ने बुझेर
धन्यवादका लागि मुख बाइनँ है ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x