साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाड भाँचिन्छ हाम्रो

पेवा जस्तै अचल ढुकुटी खर्चँदै घुम्न जान्छन् सालो सम्धी तनय भगिनी साथमा नित्य लान्छन् आसेपासे पल विपलमा धूप हाल्ने धुपौरे लान्छन् तिल्के बहर गजुवा साथमा हुन्छ मौरे ॥

Nepal Telecom ad

मेघराज पौड्याल :

भन्थे पैले कृषि उपजमा देश हाम्रो प्रधान
यै माटोमा मलजल विनै पुग्छ पर्याप्त खान
बिक्री गर्थे कृषक पहिले आज जो किन्नु पर्छ
जस्तोतस्तो अनि जहरिलो अन्न खाने ठहर्छ ॥

माँगो माटो समथर धरा धान फल्ने गरा छन्
पाखा भित्तातिर सुरसिला सुन्तला दिव्य फल्छन्
खेती गर्दा मलजल गरे हुन्छ राम्रो अनाज
गर्ने भन्ने तरुण नहुदा डुब्न लाग्यो जहाज ॥

बाँडी खाने चलन अगिको वीरताले हटाए
यौटै माला जनतसँग त्यो धीरताले उनाए
पुर्खाको त्यो रुधिर पसिना बिर्सिएझैँ छ आज
जान्दा जान्दै पुलुपुलु सधैँ हेर्छ निर्धो समाज ॥

पेवा जस्तै अचल ढुकुटी खर्चँदै घुम्न जान्छन्
सालो सम्धी तनय भगिनी साथमा नित्य लान्छन्
आसेपासे पल विपलमा धूप हाल्ने धुपौरे
लान्छन् तिल्के बहर गजुवा साथमा हुन्छ मौरे ॥

ताली पिट्ने अगि पछि हुँदै हुर्किएका जहान
कर्जा खोजी समय भरिनै देशले दिन्छ खान
गर्छौँ भन्छन् तर मुलुकमा योजना छैन राम्रो
ल्यायो खायो ऋण र सुदले ढाड भाँचिन्छ हाम्रो ॥

०००

कञ्चनरूप- ७, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
वृद्ध जीवन

वृद्ध जीवन

मेघराज पाैड्याल
वृद्धता

वृद्धता

मेघराज पाैड्याल
वृद्धावस्था

वृद्धावस्था

मेघराज पाैड्याल
यै बाँसको भुर्कुने

यै बाँसको भुर्कुने

मेघराज पाैड्याल
मद पुराण

मद पुराण

मेघराज पाैड्याल
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x