साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज रुँदैछ देश

अब शून्य बनाई तुरुङ सबैका मानव छोड्छु म शक्ति हुँदा पछि लाग्छ भने त्यो दिनु सब माफी भक्त सधैँ हुन जान्छ उता छुट भो उसलाई घर ढुकुटी नै भ्रष्ट बने बढुवा छ सधैँ अपमान इमानी जनहरु भिर्ने आज रुँदैछ त देश सबै ॥

Nepal Telecom ad

गोपालप्रसाद दाहाल :

सब छोड्छु म आजीवन अपराधी शासन नौतन गर्छु यहाँ
सब सज्जन मार्ने भयमय गुण्डा प्रेम म गर्छु कला छ त्यहाँ
म दिनेछु विदेशी सब जनलाई काम धपाइ युवाहरु ती
म नदी सब बेच्ने बगर किनारा बालु सबै छ यहाँ सुन यी ॥१

हुँ म वीर विदेशी सबजन पोस्ने गर्दछु हिंस्रक खेल सदा
हुँ कुशासनको पिल्लर बलियो लौ पीर नमान्नु तिमी म हुँदा
प्रभु ठान मलाई बन अनुरागी लोचन चिम्लन झट्ट सबै
न छ मोह मलाई सब दुनियाँको गर्दछु राज अराजक भै ॥२

अब शून्य बनाई तुरुङ सबैका मानव छोड्छु म शक्ति हुँदा
पछि लाग्छ भने त्यो दिनु सब माफी भक्त सधैँ हुन जान्छ उता
छुट भो उसलाई घर ढुकुटी नै भ्रष्ट बने बढुवा छ सधैँ
अपमान इमानी जनहरु भिर्ने आज रुँदैछ त देश सबै ॥३

म त मान्दिन है कानुन सब तिम्रा जङ्गबहादुर बन्छु अब
न छ इज्जत मेरो अमर पुरीमा बेच्छु मधेश म देश सब
छुट पत्र दिएँ नागरिक हुने ती भारतका सब मित्र रहे
म त सिंह भएको बन नभए झट्टै विष सेवनमा म गएँ ॥४

०००
दमक ५, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x