साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निद्रा हराएपछि

बेच्छस् नित्य जडीबुटी किन त्यसै कौडी सरी दाममा अर्को प्रश्न गर्‍यो शहीद सपना बन्दी गरिस् खाममा मैले औषधिका निमित्त सब ती बेचेँ भनी तर्किएँ फुल्दैछन् सपना सधैँ सहिदका भन्दै उता फर्किएँ ।

Nepal Telecom ad

बिन्दु दहाल ‘मूकदर्शक’ :

आयो राक्षस त्यो कुदी जखमले पक्ड्यो मलाई जब
मेरो होस उड्यो हतास म भएँ सोचेँ पुगेँ रौरव
हान्यो थप्पड जोडले र उसले सोध्यो मलाई अब
खोला ताल नदी घिचिस् किन बता यो देशको गौरव ?

मैले खाइन ती कुनै पनि कुरा भन्दा रिसायो खुदै
खाइस् त्यो ललिता निवास कसरी गर्जेर सोध्यो अझै
मैले होइन हे वृखासुर भनी बिन्ती बिसाए सबै
तैले नै मल लाउडा किन घिचिस् भन्दै करायो अझै ।

हत्यारा जति छ्न् धमाधम सबै छोड्छ्स् भनी गर्जियो
लाग्छन् आज युवा विदेश किन ती सोद्धै अझै पड्कियो
मेरो कारणले पलायन भए सारा युवा ठान्दिन
भन्दा झन् रिसले भन्यो चुर हुँदै तेरो कुरा मान्दिन ।

बेच्छस् नित्य जडीबुटी किन त्यसै कौडी सरी दाममा
अर्को प्रश्न गर्‍यो शहीद सपना बन्दी गरिस् खाममा
मैले औषधिका निमित्त सब ती बेचेँ भनी तर्किएँ
फुल्दैछन् सपना सधैँ सहिदका भन्दै उता फर्किएँ ।

मेरो उत्तर यो सुनेर रिसले आगो हुँदै उर्लियो
हान्यो थप्पड फेरि जोडसँगले ला ! खा भनी कुर्लियो
मास्यौ यो गणतन्त्र मूर्ख कसरी भन्दै कराएपछि
देखेँथेँ सपना झसङ्ग म भएँ निद्रा हराएपछि ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x