साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाइल खोलौँ

खाली बिलको पुछारमा टँसाउने गरी थाहा पाउँनेलाई हँसाउँने गरी जोरी खोज्नेलाई फसाउँने गरी अलिकति आफ्नु भागमा पारेको छु जाऔँ यार हामी पनि फाइल खोलौँ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

असार सकिन लाग्यो
बजेटबाट केही तानतुन पारेको छु
खरिदबाट केही उभारेको छु
जाओैं यार हामी पनि फाइल खोलौँ ।

फाइल यस्तो होस जो ब्राण्डेड होस
मनका तुषहरू धोओस्
भित्रभित्रसम्म छोओस्
पुराना कथाहरू दोहोरिओस्
आफ्नै खातामा अलिकति गिटी झारेको छु
सरकारी मोटरको तेल सारेको छु
स्टोरबाट केही सितन पोको पारेको छु
धेरै तल्तल लागि सक्यो
जाऔँ यार हामी पनि फाइल खोलौँ ।

यो फाइल भन्ने चिजै नकच्चरो
तर्साउँन पनि खोल्नु पर्ने
फकाउँन पनि खोल्नु पर्ने
सितन पचाउँन पनि खोल्नु पर्ने
सत्ता बचाउँन पनि खोल्नु पर्ने
विदेशीले पठाइदिएको फाइल
डाँडा कटाइदिएको फाइल
आलमारीमा धमिरा लागेको
आल्मारीबाटै मलाया भागेको
सबैसबैभन्दा भिन्न
हाम्रो भ्रष्टाचारसँग अभिन्न
हामीलाई चील बनाउँने फाइल खोलौँ
हामीलाई टिल् बनाउँने फाइल खोलौँ
चासो राख्नेलाई अलिअलि गनाउँने फाइल खोलौँ
बजेट यताउती सारेको छु
कमिसनमा मनग्गे पारेको छु
परिवारलाई पनि उभारेको छु
खाली बिलको पुछारमा टँसाउने गरी
थाहा पाउँनेलाई हँसाउँने गरी
जोरी खोज्नेलाई फसाउँने गरी
अलिकति आफ्नु भागमा पारेको छु
जाऔँ यार हामी पनि फाइल खोलौँ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x