कृष्ण प्रधानटोयलेट मोड- ५
यसले गोली आफै ठोक्छ कि क्या हो... यसकै अन्तिम इच्छा पो भन्दैछ ता बले । छिटछिटो बोलिये ना साप आपकका अन्तिम इच्छा क्या है ? आपका अन्तिम इच्छा पूरा करने हमलोग भरसक प्रयास करेँगे । खै यो कौडेले बन्दूक आफूपट्टि फर्काउँदैन ता !

कृष्ण प्रधान :
टोयलेट मोड ४ को अन्तिम अंश
टोयलेटबाबु – अचानक यो धमरधुसेलाई के भयो हो बले काका ?
बले – (बन्दुक ताकेक देखेर) अब यो कालेले हामीलाई ठहरै पारेर खैराते शहीद बनाउँछ होला हौ । म अब दाउ हेरेर टाप लाउँछु है…
सीआरपीएफ – (कड्केर) क्या बोला ? चूपचाप खडे रहो । भाग ने की कोशिष मत करना सम्झेँ ? भाग ना तो दूर कि बात थोडा भी मुभ करेगा ना तो तुम दोनों को शुट कर दूँगा । बले गुजुगुजु चलेको देखेर उसको छातीमा बन्दुकको नली तेस्र्याएर डण्ट मुभ । दुवै अरट्ठै परेर जहीँको तहीँ उभिरहन्छन् ।
बले – (रुञ्चे स्वरमा) टोयलेटबाबु ! आज मेरो अन्तिम दिन होला ? उसिनेको आलु र उसिनेको इस्कुस नै मेरो जीवनको अनि़्तम भोज होला ।
टोयलेटबाबु – (दाँत चेप्दै) नबोल न बले नबोल । नहल्लिइकन बस। चूणर्ा परेको जस्तो के साह्रो गुजुगुजु गरिरा’को?
बले – (सीआरपीले नबुझ्ने गरी) के को चूणर्ा हौ यतिबेला । यहाँ डरले मुटु झुर्ना झुर्ना हुन आँटिसक्यो… घरको याद कस्तो आइसक्यो… (हात जोड्दै) साप! थोडा पिसाब कर सकता हुँ…
सीआरपीएफ – (कड्केर) चूप…श्श्श्श्शाले… पिसाब करेगा ? भाग ने का बहाना… तेरा हिसाब मैं करुँगा । (फेरि सातोपुत्लो उडने गरी चिच्याएर) पिसाब करेगा…
बले – (डराउँदै ) नै करेगा साप नै करेगा । चेप के रखेगा साप…भुतुक्कै भए पनि आप का बात टेरेगा । ला हौ अब पिसाब चेपैरै मर्नुपर्छ होला….
टोयलेटबाबु – (डरसरी भएर) यस्तो हुन्छ भनेर जानेको भा’ता घरदेखि नै हगिज लाएर आउँथेँ….
सीआरपीएफ – (जमिनै थर्किने गरी कराएर) हरगिज नहीं । हात निचे कर्…हाच निचे कर्… द्याण्डस् डाउन…
टोयलेटबाबु – आम्बो… ईङ्गलिश पनि दिन्छ पो ता हौ यो धमरधुसेले । को’नि कसो गर्दा बन्दुकको नली बलेको नाकतिर पुग्छ । नाक चिलाएर बले भुतुक्कै हुन्छ तर सक्दो नहल्लिने प्रयास गर्छ। साह्रै साह्रै पर्दा जमिनै थर्किने गरी हाच्छ्यूँ गर्छ । बलेको हाच्छ्यूँले तर्सिएर बन्दुक उछिट्टिएर पर… पुग्छ भने सीआरपीएफ बङ्ङै भूइँमा लड्छ । दुवै अत्तालिएर भूइँमा पछारिएका सीआरपीएफलाई उठाउन र बन्दुक टिप्न अघि बढ्छन् ।
टोयलेटबाबु – (बिस्तारै सीआरपीएफलाई उठाउँदै / दर्शक दीर्घातर्फ हेरेर आँखा झिम्काउँदै) गोर्खाको सानो हाच्छ्यूँले यसरी बुङ्लुङ्ङै लर्छन् मोराहरू…उठ बाबु उठ…अम्मुई नि ढँढ़े बालक…(लाडे स्वरमा) कोल्ले ढेँढ़े राजालाई कोल्ले….कोल्ले…कोल्ले….
बले – (हतार-हतार बन्दुक टिपेर चुम्दै) अम्मुई बन्दुक… जीवनमा कहिल्यै यसरी उछिट्टिएको थिएन होला…ृबन्दुक पुछ्पाछ् गरी सीआरपीको हातमा थमाइदिन्छे ।
सीआरपीएफ – (प्रचण्ड रिसाएर, बलेलाई छोप्दै) तुम ने क्या किया…यो तो एटेम्ट टु मर्डर है…
टोयलेटबाबु – (सानो स्वरमा) ला…हौ…अब ता यो कालेले ठोक्छ होला हौ सिधै यो कुखुरे छातीमा…(ठूलो स्वरमा) साप हम ले तो कुछ नहीं किया साप। हाच्छ्यूँ मात्रै किया…
सीआरपीएफ – तुम ने छिंक मारा ?
बले – अन्त आप का बन्दुकको टुप्पो हमारा नाकको दुलो में पसा तो कस्तो चिलाया … कितना सहा…लाष्ट में केही सीप नहीं चला कि अन्त आफै हाच्छ्यूँ आ गया…तर लोतिखोरे गोर्खा का एउटै सामान्य हाच्छ्यूँ से आप आफै उछिटकर बुङ्लुङ्ङै हुआ साप ?
सीआरपीएफ – यो हाच्छो क्या है ?
बले – ये हाच्छ्यूँ नि साप हम गोर्खाओं का सम्पत्ति है ।
सीआरपीएफ – तुम लोगों के और क्या है…
बले – हम लोगों के पास सबै कुछ है कि तर कुछ भी नहीं है ।
टोयलेटबाबु – ना…ना…साप हमलोगों का पास है…साप है ।
सीआरपीएफ – (गर्जेर) क्या है ?
टोयलेटबाबु – हम लोगों के पास स्वाङ है स्वाङ….
सीआरपीएफ – क्या होता है स्वाङ?
बले – आमामामा… यसलाई चैं के साह्रो खसखस हई । धारामा पानी भर्ने आइमाईमान्छेहरू भन्दा पनि यो धमरधुसे ता आगर रै’छ । छ्या…..
टोयलेटबाबु – (के भनुँ के भनुँ भएर) यो मूर्खलाई कसरी बुझाउनु हौ । स्वाङ ना साप… बडा…बडा ढ्वाङ होता है ना बाहिरबाट हेर्ने से सोलोडोलो होता है कि भित्र ह्वाङ्ङै होता है न त्यस्तै होता है हम गोर्खाहरूको स्वाङ… साप ।
बले – उफरेता… उफरेता है कि आफै थेस्रेता है…वही है स्वाङ….
टोयलेटबाबु – (उतातिर हेर्दै) हाम्रा बलेका नाथे हाच्छ्यूँ से आपका सातोपुत्लो उड गिया साप ?
सीआरपीएफ – (कड्केर) तेरा बाप । ह्याण्डस अप । (दुवै चूप…डरले) हात उपर कर…हात उपर….
बले – टोयलेट नानी यो कौडेले आजु हामी दुइ भाइलाई….
टोयलेटबाबु – धेर नबोल न बले काका। यसको बन्दुकको बुलेट जति हाम्रै नाममा इशु भा’को छ जस्तो लाग्दैछ ।
बले – मलाई पनि त्यस्तै लाग्दैछ । यो डिङ्गरले हाम्रो अन्तिम इच्छा सोध्नु नि हई !
टोयलेटबाबु – खै ता तोरमाजस्तो उभिएको उभियै छ मोरा….
बले – टोयलेट नानी ! यसले अन्तिम इच्छा सोध्यो भने तिमी के भन्छौ ?
टोयलेटबाबु – म ता लाष्ट चान्स बूढीको अनुहार हेर्छु भन्छु। तिमी नि के भन्छौ बले?
बले – (सोंच्दै) अन्तिम इच्छा…
सीआरपीएफ – (हतार हतार कुरा काटेर) हाँ…अन्तिम इच्छा…
बले – (लाडे पल्टिएर) हमारा अन्तिम इच्छा साप ?
सीआरपीएफ – क्यों तुम लोगों का अन्तिम इच्छा…मेरा भी अन्तिम इच्छा…
टोयलेटबाबु – यसले गोली आफै ठोक्छ कि क्या हो… यसकै अन्तिम इच्छा पो भन्दैछ ता बले । छिटछिटो बोलिये ना साप आपकका अन्तिम इच्छा क्या है ? आपका अन्तिम इच्छा पूरा करने हमलोग भरसक प्रयास करेँगे । खै यो कौडेले बन्दूक आफूपट्टि फर्काउँदैन ता !
बले – त्यै ता हो… आज एकाबिहानै कसको अनुहार हेर्नुपर्यो को’नि ? (आत्तिँदै) भटाभट बोलिये ना साप…
सीआरपीएफ – सुनो… हमारा अन्तिम इच्छा है…(सामान्य अड्केर) स…स…सपना..
०००
सिलिगुडी (भारत)
Subscribe
Login
0 Comments
Oldest








































