साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाघले घाँस खायो

आजभोलि, बाघ बाघको खोरमा बस्दैन ती नै स्याल र ब्वाँसाहरूको झुण्डहरूमा बस्छ, डुम हल्लाउदै गर्जिन्छ, असली बाघको स्वाङ गर्दछ ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

बाघले घाँस खादैन ।
तर विडम्बना,
नेपालमा
बाघले दिनदहाडै,
खुलेयाम घाँस खायो ।

घाँस खान थालेपछि
बाघले आफ्नो
इमान र धर्म बिर्सियो
बाटो र गन्तब्य भुल्यो ।

अन्ततः
ब्वाँसो र स्यालसँग कुम जोड्यो
मित्रता गाँस्यो ।

यसरी,
घाँस थालेपछि,
बाघको रुप फेरियो
रङ्ग ढङ्ग फेरियो ।
धर्म कर्म फेरियो ।
साथी संगति फेरियो

आजभोलि, बाघ
बाघको खोरमा बस्दैन
ती नै स्याल र ब्वाँसाहरूको
झुण्डहरूमा बस्छ,
डुम हल्लाउदै गर्जिन्छ,
असली बाघको
स्वाङ गर्दछ ।

घाँस खान थालेपछि
बाघ विधर्मी भयो,
छली र ढोँगी भयो ।

अब
निमुखा खरायो र
सोझा पठाहरूको
जीवन रक्षा कसरी होला ?

दूधको साक्षी बिरालो
हाम्रो नेपालमा !

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x