साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरु र गुरु

यी सब उसको जन्मपूर्व नै लेखिएका कर्म हुन् जसलाई उसले आत्मसात् गर्छ जोत्ने बेलामा खुवाइने कुँडो र पिँडोको आसमा अरू दिन त अरूले जस्तै दाह्री नरगडी मुखमा छिर्दैन एक तिरिन पनि ।

Nepal Telecom ad

रमेश समर्थन :

गोरु बुढो हुन्छ, गुरु बुढो हुँदैन
गोरुले केही वर्ष “होक्काँ ! होक्काँ !!” गर्छ
केही वर्ष “हो काँ ? हो काँ ?” गर्छ
पहिले जुवाका सोइला भाँच्छ
जोतारा चुडाउँछ र फुक्काफाल उफ्रिन्छ
होक्काँ गर्नेलाई दाउन गाह्रो हुन्छ
जब दाइन्छ, सदिन्छ र सुमरिन्छ
उसले स्वीकार गर्छ
काँधमा जुवा
मुखमा मोहोले
पछिल्तिर हलो र हली
हलीको हप्की र लौरो
यी सब उसको जन्मपूर्व नै लेखिएका कर्म हुन्
जसलाई उसले आत्मसात् गर्छ
जोत्ने बेलामा खुवाइने कुँडो र पिँडोको आसमा
अरू दिन त अरूले जस्तै दाह्री नरगडी
मुखमा छिर्दैन एक तिरिन पनि ।
तर यो धेरै वर्ष टिक्दैन
बुढो भएपछि बिक्दैन र
किलोमै अल्पिन्छ उसको जीवन ।
तर गुरुको जोताइ चालीस वर्षसम्म पनि चालु छ
यति त गोरुको पुरै आयु पनि हुँदैन ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x