साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही फरक पर्दैन

केही फरक पर्दैन हामीलाई शासक रावण हुन् कि राम हामी त केवल सीता न हौँ एउटाले दासी बनाएर पाल्छ अर्कोले जिउँदै आगोमा हाल्छ ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने :

केही फरक पर्दैन हामीलाई
शासकले श्रीपेच लाऊन्
कि टोपीमा आऊन्
हामी त केवल रैती न हौँ
एउटाले बोले पनि मार्छ
अर्कोले खान नदिएर भोकै पार्छ ।

केही फरक पर्दैन हामीलाई
शासक ब्यालेट लिएर आउन् कि बुलेट लिएर
हामी त केवल वस्तु न हौँ
एउटाले कौडीका भाउमा किन्छ
अर्कोले खोसेर लिन्छ ।

केही फरक पर्दैन हामीलाई
शासकले कुरा
हुने खानेका गरुन् कि हुँदा खानेका
हामी त बटुवा न हौँ
एउटाले जाँदा लुट्छ
अर्कोले फर्कँदा बाटो ढुक्छ ।

केही फरक पर्दैन हामीलाई
नेता पक्षको होस् कि विपक्षको
हामी जनता त केवल भर्‍याङ न हौँ
एउटा काँधमा चढेर सत्तामा जान्छ
अर्कोले सक्दैन खुट्टा समाएर तान्छ ।

केही फरक पर्दैन हामीलाई
शासक रावण हुन् कि राम
हामी त केवल सीता न हौँ
एउटाले दासी बनाएर पाल्छ
अर्कोले जिउँदै आगोमा हाल्छ ।

केही फरक पर्दैन हामीलाई
शासक पाण्डव हुन् कि कौरव
हामी त केवल द्रौपदी न हौँ
एउटाले जुवामा हार्छ
अर्कोले सभामा नाङ्गेझार पार्छ ।

०००
हेटौंडा
‘मैले जिउन जानिनँ’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x