साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाखेलाई नेताको निम्तो पत्र

जात्राको दिन एकमात्र रहँदा गाह्राे भएको कुरा हामीले बुझियो र थप्न सुरु छन् हुन्नन् कुनै साँघुरा जात्राको अब ता विकास पनि होस् साझा गरौँ भावना यो सम्बन्ध बढ्यो भने मुलुक नै सुध्रिन्छ लौ चौगुना ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

ए लाखे भन तामझाम असली कस्तो सिकी पोखियौ
हाम्रा ता गुरु हौ तिमी गजबका आदर्श नै देखियौ
तिम्रो चाल बुझेर नेतृ गणले सिक्दैछ नौलो कला
उस्तै गर्न यहाँ छ मुस्किल अहो हामी परेका थला ।१

क्या राम्रो शिरमा छ टल्किरहने दामी मुकुन्डो अहा
हामी किन्न तयार छौ जति सुकै दामै परोस् के खता
ती पोसाक लुगा र झल्लरहरू तैयार गर्ने जन
को हो शीघ्र बताउनू अब सबै खर्चेर किन्छौँ धन ।२

तिम्रो रूप कलादि हेर्न पथमा जम्मा हुने मानिस
हाम्रातर्फ पठाउनू सब जना दिन्छौँ ठुलै बक्सिस
खाँचो आज हुँदैछ दर्शकहरू घट्दैछ हाम्रातिर
सोही कारण चित्त दुख्दछ यहाँ लाग्दैछ साह्रै पिर ।३

तिम्रो त्यो जकटा कता र कसरी राम्रो बनायौ भन
माग्छौँ सापट आजका दिन यहाँ छोड्छौ कि केही दिन
देख्छौँ मानिस आज लाम पथमा आँखा कुनै खोजमा
हामी बिक्न हुँदै हुँदैन बुझियो सानोतिनो मोलमा ।४

केही थान तयार छन् अझ भने राम्रा मुकुन्डाहरू
किन्ने ग्राहक छौँ तयार अहिले के काम चिन्ता अरू
बाजा छन् जति जे सबै अब यता जल्दी पठाए भयो
निम्तो गर्दछु सिक्नको मन भयो खाँचो त्यही देखियो ।५

हामीबाट सिकेर पस्किन सके सम्मान बढ्ने थियो
हाम्रो जोस र जाँगरादि पनि ता राम्रै भएको छ यो
हामीमा अब लेनदेन पनि होस् चाहिन्छ जे जे कुरा
नाच्ने काम सिकाउने जन भए बिस्तार होला कुरा ।६

जात्राको दिन एकमात्र रहँदा गाह्राे भएको कुरा
हामीले बुझियो र थप्न सुरु छन् हुन्नन् कुनै साँघुरा
जात्राको अब ता विकास पनि होस् साझा गरौँ भावना
यो सम्बन्ध बढ्यो भने मुलुक नै सुध्रिन्छ लौ चौगुना ।७

०००
हाल : बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x