साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिवीरको सत्ता यात्रा !

हजार जिब्रा भएका शेष नागले पनि बयान गर्न नसक्ने तिम्रो क्रन्तिकारी चरित्रको जय होस् क्रान्तिवीरको सत्ता यात्राको जय होस् ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

हिजो जीनपैट लगाउँदा
भाटे कारबाहीमा पर्ने हामी !
आज टाई-सुट लगाउने तिमी !

हिजो बुर्जुवा शिक्षाको नाउँमा
स्कुल जान नपाउने हामी !
आज आफ्ना छोरा छोरीलाई
विदेश पढाउने तिमी !

हिजो मन्दिरमा जाँदा
कुटाई खाने हामी!
आज भैसी र राँगो पूँजा गरेर
ग्रह शान्ति गर्ने तिमी !

हिजो विस्तारवादको विरुद्ध
सुरुङ्ग युद्ध गर्ने हामी !
आज सत्ताको लागि
विस्तारवादीको काखमा सुत्ने तिमी !

हिजो सामन्तवादको बिरुद्ध
बन्दुक बोक्ने हामी !
आज तीनै सामन्तीवादिसँग
कुम मिलाएर हामी लुट्ने तिमी !

हिजो कानको सुन
बेचेर पार्टी चलाउने हामी !
आज एरपोर्टका तस्करी सुन
घर भित्र्याउने तिमी !

हिजो विचारसँग विमति राख्दा
कारवाहीमा गोली खाने हामी !
आज विचार बेचेर
सत्ता किन्ने तिमी !

हजार जिब्रा भएका शेष नागले
पनि बयान गर्न नसक्ने
तिम्रो क्रन्तिकारी चरित्रको
जय होस्
क्रान्तिवीरको सत्ता यात्राको
जय होस् ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x