साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मरेझैं लाग्छ ती अग्ला घर

कोखको शत्रु बनेर आयो नेपाल आमाको मारेछ माया पैसाका सामु झुकाई शिर त्यो वारिशे बनी शत्रुको सदा सेवामा रमाई बनायो खाली स्वदेश सबै सत्ता नै समाई ॥

Nepal Telecom ad

गोपालप्रसाद दाहाल :

बन्दैछ खाली नेपाल आज पहाड हिमाल
मानव शून्य हुँदैछ देश ठगीको सञ्जाल
तराई बाँझै अन्नको खानी बारीमा नजाने
विदेश जाने सबैको इच्छा बस्नेले के खाने ॥१ ॥

युवा नै छैनन् गाउँमा हेर सहर छ खाली
पहाडी घर भत्किए सबै लडेछन् अर्माली
मर्मत गर्ने पाखुरी छैनन् बाता र चोयाले
बस्ने नै छैनन् चाहियो किन भन्दैछन् ती बाले ॥२ ॥

मरेझैं लाग्छ ती अग्ला घर पाउले नछुँदा
अँध्यारा भए सन्तती कुनै स्वदेश नहुँदा
खाली छन् बाटा बजार शून्य छ ठप्प व्यापार
झुण्डिन थाले व्यापारी यहाँ तड्पाई नमार ॥३ ॥

पलायो झाडी छतको माथि मानव नहुँदा
पालेर बाघ खाएछ युवा सुन्दैन ती रूँदा
भत्ताले सत्ता साटेर लुट्छ देशको ढुकुटी
काढेर छाला सत्ताले खान्छ मान्छेको सुकुटी ॥४ ॥

उद्योग बन्द देशका भए रोज्गारी मासिए
आर्थिक क्रान्ति गरियो उल्टो दलले यै दिए
मुलुक लुट्ने जनता बेच्ने हिंसाको छ खेल
सामान्य बन्यो नेपालभित्र जाँदैन त्यो जेल ॥५ ॥

जुकोझैं चुसी रगत हाम्रो महल बनायो
विरोध गर्ने लखेटी शक्ति शासक रमायो
सिध्दान्त दारा भएछन् आज जनता तड्पाई
सल्सली निले स्वदेश आफैँ निर्लज्ज चपाई ॥६ ॥

कोखको शत्रु बनेर आयो नेपाल आमाको
मारेछ माया पैसाका सामु झुकाई शिर त्यो
वारिशे बनी शत्रुको सदा सेवामा रमाई
बनायो खाली स्वदेश सबै सत्ता नै समाई ॥७ ॥

पुर्खाको मान हरायो सान स्वार्थमा बगेर
वीरको सन्तान् भतुवा बन्यो इज्जत फ्याँकेर
पारेर खोक्रो मुलुक आफ्नो विदेशी रिझायो
बन्दैछ खाली नेपाल देश आँखामा बिझायो ॥८ ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x