साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असक्षम अगुवा

आफ्ना छरछिमेक र समूहका दिदीबहिनीलाई दीर्घकालीन प्रभाव पर्ने यस्ता विकृति विरुद्धमा अगुवाई गर्न नसक्ने म साँच्चिकै असक्षम अध्यक्ष ठहरिन पुगेँ ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

हाम्रो नेपाली समाज के हुन आँटेको हो कुन्नि ! अनावश्यक विकृति फैलाउन सबै तह र तप्का ज्यान फालेर लागिरहेका छन् । … भन्दा देख्नेलाई लाज भनेको जस्तो । केही यता आएर शहरी सभ्यताको रमझममा बौद्धिक वर्गको समेत संलग्नताले विकृति बढ्दै जाँदा हाम्रा पर्वहरूको मौलिक महत्व नै ओझेलमा पर्न थाल्यो ।

निवृत शिक्षक समाज, निवृत्त इन्जिनियर श्रीमती सङ्घ, डाँडाँगाउँ काठमाडौं सम्पर्क समाज, श्री महेन्द्र नमूना मावि भूतपूर्व विद्यार्थी समाज, मिलिजुली दिदीबहिनी समूह, श्रीवृद्धि सहकारी आदि कति हो कति सङ्गठनले तीजको दर खाए खाँदैछन् र खानेछन् । अब यस्तै चाल हो भने त बीस वर्षमुनिका तरुनी समाजको दर खाने कार्यक्रम, पचास वर्ष माथिका महिलाहरूको कार्यक्रम, सेवानिवृत्त सरकारी महिलाहरूको कार्यक्रम के के हो के के भनेर साध्य छैन । फेरि पुरुषहरू पनि नाचगानमा त्यतिकै सक्रिय । पहिले पहिले बर्खामास खेतीपातीको काम सकेर केही दिन भए पनि छोरी चेलीलाई आराम होस् भन्ने मनसायले माइतीघरमा जान्थे । मिठो मसिनो खाई नाचगान गरेर तन मन चङ्गा बनाएर आफ्नो घर फर्कन्थे । यो तीज पर्व अहिले एउटा आफ्नो औकात प्रदर्शन गर्ने ठाउँ भएको छ ।

। कैयन गीतहरू परिवार बसेर हेर्न सक्ने छैनन् । विकृति बढ्नु हुँदैन । हामी नियममा चल्नु पर्छ भनी नियमन गर्ने सरकार खोइ ? “बुढी मरी भन्दा पनि काल पल्केला भन्ने डर” भन्ने उखानलाई हामीले बुझ्नु पर्छ । सक्नेले त कार्यक्रम गर्ला तर नसक्नेलाई अप्ठ्यारो पर्छ यस्तो गर्न हुँदैन भनेर सम्झाउनुको सट्टा म जस्ती भरखर बामे सर्दै गरेकी समाजसेवीलाई फोन आयो । “हेलो जागरण महिला समूहको अध्यक्षज्यू” । मैले “हजुर सर नमस्कार भने” । वहाँ भन्दै हुनुहुन्थ्यो “अध्यक्षजू यो ३३ नम्बर वडाले महिला दिदी बहिनीहरूलाई तीजको दर खाने कार्यक्रम राखेको छ । त्यसैले हजुरहरू कति जना आउनु हुन्छ मलाई दुई दिन भित्र नाम टिपाउनु होला । हस्” । हेलो हेलो भन्दा भन्दै फोन काटियो । मलाई फनन रिङ्गटा लाग्यो ए प्रभु यो हाम्रो देशमा के हुन लागेको हो । सरकारले विकृति विसङ्गति भित्र्याउनु हुँदैन भनी उर्दी जारी गर्ला भनेको त उसैले बोलाएर दर ख्वाउने अरे । मलाई एक सय तीन डिग्री ज्वरो आयो । यता ज्वरो आयो उता दिदी बहिनीलाई निम्तो आएको कुरा बताउनै पर्यो बाध्य भएर । मिटिङ बोलाई आफ्नो मत जाहेर गरेँ । “यो राम्रो कुरा होइन हाम्रो समूहले यो निमन्त्रणा अस्विकार गरौँ ।” धेरैको आवाज आयो । दुई हजार तिरेर चार चार ठाउँ गइसक्यौँ ।” अहिले सित्तैमा सरकारी संस्थाले खुवाउन लागेको कुरालाई बहिस्कार गरौँ रे यस्तो ग्वाँजे, कुरो नबुझ्ने अध्यक्ष्य हामीलाई चाहिँदैन” भनी बम्किन थाले । थोरैले मात्र मेरो पक्ष लिए ।

मलाई पनि झनक्क रिस उठ्यो “बाघ बरु मर्छ घाँस खाँदैन” बुझ्यौ भनेर तुरुन्त राजिनामा दिएँ ।
आफ्ना छरछिमेक र समूहका दिदीबहिनीलाई दीर्घकालीन प्रभाव पर्ने यस्ता विकृति विरुद्धमा अगुवाई गर्न नसक्ने म साँच्चिकै असक्षम अध्यक्ष ठहरिन पुगेँ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x