साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पितैपिता

हैन कस्ले ककस्को मुख हेर्ने ? मुख हेर्न आउनेको पनि लर्को, गर्न मिलेन झर्को उपाय के छ त अर्को ? ल्याएको कोसेली ग्रहण गर्नै पर्‍यो विधीको विधान मान्नै पर्‍यो ।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

मेरा पिता, तिम्रा पिता
उन्का पिता, तिनका पिता
उस्का पिता, त्यसका पिता
जन्मेकाको हकदार सबै पिता
जता हेर्‍यो त्यतै पिता
कोही जिउँदो पिता, कोही अजीव पिता
दुःख पाएका पिता, सुख पाएका पिता
पितै पिताको बस्ती भित्र म एउटा पिता

अजीव पिताको चित्त बुझाउन
मन्दिर तिरको यात्रा, घाट तिरको यात्रा
यात्रै यात्राको माहोलभित्र, दक्षिणाको मात्रा
कति राखौँ गुरू जी ? हजुरको इच्छा
एक कप चाय खानै पर्‍यो, थोरै चिसो प्युनै पर्‍यो
आफुलाइ सोमरस चल्दैन, पाउनाको सत्कार गर्नै पर्‍यो
मिलाएर दिनुन हजार पन्द्र सय
सजिलो छैन पित्री बुझाउन
परलोकी पिताको चित्त शुद्धीका लागि
शहीद हुने, म एउटा पिता

जीवित पिताको चित्त बुझाउन
घर तिरको यात्रा, कोसेली पातको जात्रा
एकजोर कपडा लानै पर्‍यो
थालभरि कोसेली बोक्नै पर्‍यो
फोटो खिच्नु छ, टिकटक बनाउनु छ,
यसरी हेरियो है बाबुको मुख, भनेर
नाक ठूलो पार्नु छ
अनी गाह्रो छैन त ?
टिकी ट्यास गर्नै पर्‍यो
खल्ती रित्तिएको थाहा नपाउने,
म एउटा पिता

हैन कस्ले ककस्को मुख हेर्ने ?
मुख हेर्न आउनेको पनि लर्को,
गर्न मिलेन झर्को
उपाय के छ त अर्को ?
ल्याएको कोसेली ग्रहण गर्नै पर्‍यो
विधीको विधान मान्नै पर्‍यो
कसैले यता तान्छन, कसैले उता तान्छन्
मुख देखाउँदा देखाउँदै, रातोपिरो
कहिले ग्यालरीलाई तानेको छ, कहिले टिकटकलाई
बुढो शरीर, अडिन गाह्रो
खुबै लछारिएको, म एउटा पिता

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

चेवनचन्द्र बस्नेत
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x