साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पितैपिता

हैन कस्ले ककस्को मुख हेर्ने ? मुख हेर्न आउनेको पनि लर्को, गर्न मिलेन झर्को उपाय के छ त अर्को ? ल्याएको कोसेली ग्रहण गर्नै पर्‍यो विधीको विधान मान्नै पर्‍यो ।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

मेरा पिता, तिम्रा पिता
उन्का पिता, तिनका पिता
उस्का पिता, त्यसका पिता
जन्मेकाको हकदार सबै पिता
जता हेर्‍यो त्यतै पिता
कोही जिउँदो पिता, कोही अजीव पिता
दुःख पाएका पिता, सुख पाएका पिता
पितै पिताको बस्ती भित्र म एउटा पिता

अजीव पिताको चित्त बुझाउन
मन्दिर तिरको यात्रा, घाट तिरको यात्रा
यात्रै यात्राको माहोलभित्र, दक्षिणाको मात्रा
कति राखौँ गुरू जी ? हजुरको इच्छा
एक कप चाय खानै पर्‍यो, थोरै चिसो प्युनै पर्‍यो
आफुलाइ सोमरस चल्दैन, पाउनाको सत्कार गर्नै पर्‍यो
मिलाएर दिनुन हजार पन्द्र सय
सजिलो छैन पित्री बुझाउन
परलोकी पिताको चित्त शुद्धीका लागि
शहीद हुने, म एउटा पिता

जीवित पिताको चित्त बुझाउन
घर तिरको यात्रा, कोसेली पातको जात्रा
एकजोर कपडा लानै पर्‍यो
थालभरि कोसेली बोक्नै पर्‍यो
फोटो खिच्नु छ, टिकटक बनाउनु छ,
यसरी हेरियो है बाबुको मुख, भनेर
नाक ठूलो पार्नु छ
अनी गाह्रो छैन त ?
टिकी ट्यास गर्नै पर्‍यो
खल्ती रित्तिएको थाहा नपाउने,
म एउटा पिता

हैन कस्ले ककस्को मुख हेर्ने ?
मुख हेर्न आउनेको पनि लर्को,
गर्न मिलेन झर्को
उपाय के छ त अर्को ?
ल्याएको कोसेली ग्रहण गर्नै पर्‍यो
विधीको विधान मान्नै पर्‍यो
कसैले यता तान्छन, कसैले उता तान्छन्
मुख देखाउँदा देखाउँदै, रातोपिरो
कहिले ग्यालरीलाई तानेको छ, कहिले टिकटकलाई
बुढो शरीर, अडिन गाह्रो
खुबै लछारिएको, म एउटा पिता

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

चेवनचन्द्र बस्नेत
सासू र मुमा

सासू र मुमा

चेवनचन्द्र बस्नेत
वृद्ध जोडी

वृद्ध जोडी

चेवनचन्द्र बस्नेत
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

चेवनचन्द्र बस्नेत
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x