साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशुपतिनाथले कल्याण गरुन्

जुन देशमा राजनीति लुट्न लाग्छ पदका लागि मान्छेहरू भुक्न लाग्छ मूल्य, मान्यता सभ्यता सबै भाग्छ त्यो देशमा सबतिर छाडातन्त्र चलून् पशुपतिनाथले कल्याण गरून् ।

Nepal Telecom ad

रामकुमार पाँडे :

जुन देशमा बुद्धको हैन बुद्धुको नाम छ
मूर्खैमूर्खको भीडले सडक नै जाम छ
त्यहाँ सोझा सज्जनको के काम छ ?
जनताको नाम लिँदै नेताले भुँडी भरून्
पशुपतिनाथले कल्याण गरून् ।

जुन देशमा विरोधको नाममा पुस्तकालय बल्छ
साढँे नेताको पछि स्याल जस्तै बुद्धिजीवी चल्छ
न्यायाधीशले अन्याय भयो भन्दै मुद्धा हाल्छ
त्यो देशका जनता खुराफात गरून्
पशुपतिनाथले कल्याण गरून् ।

जुन देशमा नेता भ्रष्टाचार गर्दै लुट्छ
लाखौँ लुट्ने घिचुवा धरौटीमा छुट्छ
त्यो देशका कार्यकर्ता लड्दै सड्दै घाँस चरून्
पशुपतिनाथले कल्याण गरून् ।

कर र मूल्यवृद्धिले जनताको ढाड भाँच्छ
श्रीमानको सम्पत्तिले नाठो नाच्छ
सभ्यताको नाममा डाढो र ईर्ष्या साँच्छ
त्यो देशका जनता विमूढ भई हेरून्
पशुपतिनाथले कल्याण गरून् ।

जुन देशमा प्रशासक नै जुलुस जान्छ
ढुङ्गा हान्ने मूढेले मन्त्री खान्छ
पद पाउने बित्तिकै भाइभतिजा तान्छ
त्यो देशका जनता बैतरणी कसरी तरून्
पशुपतिनाथले कल्याण गरून् ।

जुन देशको नागरिक विदेशको आदेश मान्छन्
गरीबी उन्मूलनको बैठकमा सपेटो तान्छन्
बुद्धिजीवी गाई गधा एउटै ठान्छन्
त्यो देशका जनता साँझबिहान हुइयाँ गरून्
पशुपतिनाथले कल्याण गरून् ।

जुन देशमा धर्म, सर्म कर्मको कुनै काम छैन
दुर्गति देख्दा मनमा कुनै मर्मको नाम छैन
विद्या, बुद्धि, विवेकको कुनै दाम छैन
त्यो देशको समाज चौरैचोरले भरून्
पशुपतिनाथले कल्याण गरून् ।

जुन देशमा सुन्ने कान आफै कराएको छ
मान्छे ढुङ्गो मूढो भई डराएको छ
गोलीको बोलीमा समवेदना हराएको छ
त्यो देशका मानिस जिउँदैै मरून्
पशुपतिनाथले कल्याण गरून् ।

जुन देशमा चोरैचोरको चर्को नारा लाग्छ
जति कार्यवाही गर्नोस् भ्रष्ट भाग्छ
एक पेट र एक धरो जनता माग्छ
त्यो देशका जनतालाई महारोग सरून्
पशुपतिनाथले कल्याण गरून् ।

जुन देशमा राजनीति लुट्न लाग्छ
पदका लागि मान्छेहरू भुक्न लाग्छ
मूल्य, मान्यता सभ्यता सबै भाग्छ
त्यो देशमा सबतिर छाडातन्त्र चलून्
पशुपतिनाथले कल्याण गरून् ।

०००
फित्काैली  प्रवेश अङ्क- १,  भदाै, २०६२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
नयाँ रामराज्य

नयाँ रामराज्य

रामकुमार पाँडे
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x