साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्यायको सुवास

वासना छर्ने कोपिलाहरू थप फक्रँदैछन् भविष्यमा अझ सुमधुर वास्ना छर्ने गरी लोकतन्त्र र गणतन्त्रका उपजहरू हुर्कँदैछन् न्यायको पूर्वाभाष दिने वासना छरेर ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

न्यायको सुवास छरिँदोछ
आदेशका आला अक्षरहरूमा
फैसलाका विवेकपूर्ण हरफहरूमा
म्याद तामेलीका अनुपम नमूनाहरूमा
पेशीका निष्कपट बान्कीहरूमा
सुनवाईका कीर्तिमानी ढाँचाहरूमा
अभुतपूर्व न्यायिक पारदर्शिताहरूमा

जनआस्थाको अविचल धरोहर बनेर
शीघ्रताको स्तुत्य उदाहरण पस्कँदै
न्यायका मानकहरू सिर्जना गर्दै
इतिहासका कोशेढुङ्गा बनेर
रिटमा देवानीमा र फौजदारी मुद्दामा ।

वासना छर्ने कोपिलाहरू थप फक्रँदैछन्
भविष्यमा अझ सुमधुर वास्ना छर्ने गरी
लोकतन्त्र र गणतन्त्रका उपजहरू हुर्कँदैछन्
न्यायको पूर्वाभाष दिने वासना छरेर ।

हामी निरन्तर सुगन्ध लिइरहेका छौँ
निःशब्द भएर न्यायको मग्नतामा डुबुल्कि मार्दै
न्यायको अविरल यात्रामा यात्रारत रहेका छौँ
न्यायावतारको प्रशस्ति गाइरहेका छौँ
बितिरहेको समयका पलपलमा उभिएर ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x