साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठुलो गोठ

जुध्छन् आपसमा डिँगा अजङका भत्काउँछन् गोठ पो टाल्ने काम गरेर बस्नु कति झन् खाई सधैँ चोट त्यो भोका बालक दूधको रहरले रुन्छन् अहो! धर्धरी गोठै मात्र ठुलो भयो अब डिँगा पाल्छौ तिमी केगरी ?॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

लैनाको पनि आस छैन सब नै थारा बकेर्ना भए
भत्काए खुद बार बेर दगुरी आफूखुसीमा गए
ठाडो पुच्छर लाउँदै सब पसे गैह्री खलोमा घरी
गोठै मात्र ठुलो भयो अब डिँगा पाल्छौ तिमी केगरी ?॥१

घाटामा व्यवशाय चल्छ कसरी थप्छौ ऋणै माथमा
सन्चो छैन बुवा मुमाकन हरे ! ती वृद्धका गाथमा
खाने फुर्सद छैन निभ्दछ चुलो छन् आँसुका नै झरी
गोठै मात्र ठुलो भयो अब डिँगा पाल्छौ तिमी केगरी ?॥२

फुर्ती मात्र ठुलो भयो शिव हरे! हामी हिमाली भनी
बाँझा चौर मिचे दलाल कतिले बिक्रीगरे त्यो पनि
देशै बन्दछ साँगुरो दिनदिनै पस्केर पेवा सरी
गोठै मात्र ठुलो भयो अब डिँगा पाल्छौ तिमी केगरी ?॥३

भोका छन् घरमा जहान सब नै दुब्ला तथा पातला
भ्रष्टाचार तथा विशाल घुसका चल्छन् जहाँ शृङ्खला
सारा केस लुकेर जान्छ घुसको माया र छाया परी
गोठै मात्र ठुलो भयो अब डिँगा पाल्छौ तिमी केगरी ?॥४

जुध्छन् आपसमा डिँगा अजङका भत्काउँछन् गोठ पो
टाल्ने काम गरेर बस्नु कति झन् खाई सधैँ चोट त्यो
भोका बालक दूधको रहरले रुन्छन् अहो! धर्धरी
गोठै मात्र ठुलो भयो अब डिँगा पाल्छौ तिमी केगरी ?॥५

कल्चौँडो बिच छैन दूध तनमा मात्रै छ घ्याम्पे भुँडी
बाँकी पत्कर नै रहेन बनमा खाएर बाँडी चुँडी
सानो गोठ यहाँ बनाउनु पर्‍यो लैना हरूले भरी
गोठै मात्र ठुलो भयो अब डिँगा पाल्छौ तिमी केगरी ?॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

तारिफका फूल झर्दछन् पढी पढी थाप्छौ तिमी के गरी?💐😉

युगल बसेल
युगल बसेल
1 year ago

तारिफका झडी झर्दछन् पढीपढी थाप्छौ तिमी के गरी?

Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
2
0
Would love your thoughts, please comment.x
()
x