साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चित्र-विचित्रका गफ !

हे शोषकहरू डुक्र । डुक्रने गरी तिमीहरूले घिउ खाएका छौ, मासु डकारेका छौ जसका लागि होटल-टोटल गर्‍यौ । वन-धन गर्‍यो । ठेका पट्टा मिलायौ र केन्द्रीकरणलाई विकेन्द्रीकरण गरी रकम हसुर्‍यो ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

कागे अक्षर

कागे अक्षर लेख्ने गफडी यस गफमा गफडी न ठहर्‍यो- चित्र-विचत्रका गफ गर्छ । जस्ता अक्षर हुन् न । अक्षरले के गर्छ ? एक जना छापाअक्षर लेख्ने होनहार नेपाली अम्रिकावासी हुने भए भने कागले छेरेजस्ता अक्षर लेख्ने गफडी अम्रिकाको कुरा ता परै जाओस्, राजधानीको सोखसयलतिर नढल्की यस मर्त्यभूमिमा पसिना बगाएर वसेको छ । गफडी त्यस्तो चरित्र लुकाउने साधुजस्तो होइन, वकुल्ला भगत घुस्याहा राजनीतिक भन्दै घुस पड्काउने झन्डेवाल विशिष्ट श्रेणी पनि होइन, न त राष्ट्रियताको फलाको उराली बिल्डिङ ठोक्ने महापञ्च हो । यो गफडी चप्पल पड्काएर एक विडा पानमा मात्र पनि मख्ख परेर हिंड्ने सर्वसाधारण जनता हो- जसका काला दाँत छन्, गाला चाउरिएका छन्, चिप्लोचाप्लो घस्न जान्दैन र कागे अक्षर लेख्छ- जसलाई उसको अक्षर मुद्रण गर्नेले ‘गफडीजिउ त उर्दू लेख्नुहुन्छ’ पनि भन्छ ।

चित्र-विचत्रका कुरा

चित्र-विचत्र कुरा के भने एक जना मन्त्रीले एउटा कन्जरभेटरलाई ट्रङ्कलमा कुरा गर्न डाकेछन् । उनीसँग कुरा हुन सकेनछ र एक जना मान्छेलाई मन्त्रीले पठाएछन् । मान्छे भद्र थियो । जाँड खाएर सुतेको थियो कन्जरभेटर । कुरा किन लम्ब्याउने, भद्र मान्छेले पाएछ गाली । यो गफडी यसैलाई विचत्र मान्छ, किनभने भद्र मान्छे पर्यो चेपमा र गाली खायो । एक पत्रकारले एक जना नेतालाई रिझाउन धुमधामसँग पत्रिकामा लेखेछन्, भरे पत्रकारले खाए थप्पड । नेता चुप ! कुटेको-कुट्यै भो ! फेला परे पत्रकार ! यस्तो छ हजुरहो ! अनि त ‘युगज्ञान’को स्तर बढेन, गफडी सेलायो, भन्ने आलोचकहरू के गराउन चाहन्छन् भन्ने प्रस्ट हुन जान्छ । कुरो के भने यहाँ अरुबाट क्रान्ति र विद्रोह, चाहने र आफूचाहिँ थैलो भरेर नयाँ दैलो बनाउनेको ठुलो जमात छ । अँ त, यस १९ वर्षलाई पञ्चले मात्र होइन, काङ्ग्रेस-कम्युनिस्टले पनि धन्यवाद दिनुपर्छ- किनभने नकमाउने ठुलाबडा आँखा देखेकाहरू विरलै भए, जो अहिले केही भएन भनेर डुक्रिँदै छन् ।

डुक्र ! बेसरी डुक्र !

ए बेवकुफ बनाउन जानेका नेपाली हो । गरिब नेपालीलाई खुव बेवकुफ बनाऊ, डुक्र । प्रजातन्त्र भन, प्रगतिशील भन, सुधारिएको प्रजातन्त्र भन र राष्ट्रवादका फलाका उराल-जसबाट बचे खुचेको ‘सामन्ती’ प्रवृत्ति अझ केही समयसम्म बँचोस् । हे शोषकहरू डुक्र । डुक्रने गरी तिमीहरूले घिउ खाएका छौ, मासु डकारेका छौ जसका लागि होटल-टोटल गर्‍यौ । वन-धन गर्‍यो । ठेका पट्टा मिलायौ र केन्द्रीकरणलाई विकेन्द्रीकरण गरी रकम हसुर्‍यो ।

पातमा पात ! बातमा बात !

यहाँ चरित्रहीन चरित्रका कुरा गर्छन् । शिक्षकहरूका लागि सञ्चयकोष चाहिन्न भन्नेका खातामा हजारौँ सञ्चयकोष छ । नहुने भन्नेका चाहिँ बैंक खातामा हजारौँको माल छ । यहाँ गफडी पातमा पात भएझै बातमा बात भन्दैछ । आर्थिक उपलब्धि देख्दै जानेले नै यो पटक धेरै उपलब्धि गरे रे ! देशमा धेरै थोक भयो भन्नेका आफू र आफन्त वने रे ! देश बचाऊ भन्नेहरू आफू र आफन्त बनाउँदै छन् रे । यहाँ विचत्र छ । ‘डिजेल’ र ‘पेट्रोल’ हाहा भएका बेला यहाँका मन्त्री हेलिकोप्टरमा भ्रमण गर्छन् । देश कङ्गाल पार्नेहरू यहाँ भोज र मोजमा मस्त छन् । यहाँ वफे र पार्टी छ, तर दयनीय समाजको चेहरा भने पहेलो छ । समाज आर्थिक विषमताको भुमरीमा जाक्किएको छ । भ्रष्टाचार भस्मासुर भएको छ, दुराचार दैत्य भएको छ महंगी राक्षस भएको छ । सकिन आँट्यो समाजको सम्पूर्ण सुख, आनन्द र चैन । यस्तो बेला चित्र-विचत्र गफमा अल्मलिनु पर्दा उर्दू अक्षेरे गफडीलाई अहिले अफसोच लाग्यो तसर्थ आज यतिमै कलम हड्ताल ! आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क २२, २०३६
गफाडीका गफ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x