चूडामणि रेग्मीचित्र-विचित्रका गफ !
हे शोषकहरू डुक्र । डुक्रने गरी तिमीहरूले घिउ खाएका छौ, मासु डकारेका छौ जसका लागि होटल-टोटल गर्यौ । वन-धन गर्यो । ठेका पट्टा मिलायौ र केन्द्रीकरणलाई विकेन्द्रीकरण गरी रकम हसुर्यो ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
कागे अक्षर
कागे अक्षर लेख्ने गफडी यस गफमा गफडी न ठहर्यो- चित्र-विचत्रका गफ गर्छ । जस्ता अक्षर हुन् न । अक्षरले के गर्छ ? एक जना छापाअक्षर लेख्ने होनहार नेपाली अम्रिकावासी हुने भए भने कागले छेरेजस्ता अक्षर लेख्ने गफडी अम्रिकाको कुरा ता परै जाओस्, राजधानीको सोखसयलतिर नढल्की यस मर्त्यभूमिमा पसिना बगाएर वसेको छ । गफडी त्यस्तो चरित्र लुकाउने साधुजस्तो होइन, वकुल्ला भगत घुस्याहा राजनीतिक भन्दै घुस पड्काउने झन्डेवाल विशिष्ट श्रेणी पनि होइन, न त राष्ट्रियताको फलाको उराली बिल्डिङ ठोक्ने महापञ्च हो । यो गफडी चप्पल पड्काएर एक विडा पानमा मात्र पनि मख्ख परेर हिंड्ने सर्वसाधारण जनता हो- जसका काला दाँत छन्, गाला चाउरिएका छन्, चिप्लोचाप्लो घस्न जान्दैन र कागे अक्षर लेख्छ- जसलाई उसको अक्षर मुद्रण गर्नेले ‘गफडीजिउ त उर्दू लेख्नुहुन्छ’ पनि भन्छ ।
चित्र-विचत्रका कुरा
चित्र-विचत्र कुरा के भने एक जना मन्त्रीले एउटा कन्जरभेटरलाई ट्रङ्कलमा कुरा गर्न डाकेछन् । उनीसँग कुरा हुन सकेनछ र एक जना मान्छेलाई मन्त्रीले पठाएछन् । मान्छे भद्र थियो । जाँड खाएर सुतेको थियो कन्जरभेटर । कुरा किन लम्ब्याउने, भद्र मान्छेले पाएछ गाली । यो गफडी यसैलाई विचत्र मान्छ, किनभने भद्र मान्छे पर्यो चेपमा र गाली खायो । एक पत्रकारले एक जना नेतालाई रिझाउन धुमधामसँग पत्रिकामा लेखेछन्, भरे पत्रकारले खाए थप्पड । नेता चुप ! कुटेको-कुट्यै भो ! फेला परे पत्रकार ! यस्तो छ हजुरहो ! अनि त ‘युगज्ञान’को स्तर बढेन, गफडी सेलायो, भन्ने आलोचकहरू के गराउन चाहन्छन् भन्ने प्रस्ट हुन जान्छ । कुरो के भने यहाँ अरुबाट क्रान्ति र विद्रोह, चाहने र आफूचाहिँ थैलो भरेर नयाँ दैलो बनाउनेको ठुलो जमात छ । अँ त, यस १९ वर्षलाई पञ्चले मात्र होइन, काङ्ग्रेस-कम्युनिस्टले पनि धन्यवाद दिनुपर्छ- किनभने नकमाउने ठुलाबडा आँखा देखेकाहरू विरलै भए, जो अहिले केही भएन भनेर डुक्रिँदै छन् ।
डुक्र ! बेसरी डुक्र !
ए बेवकुफ बनाउन जानेका नेपाली हो । गरिब नेपालीलाई खुव बेवकुफ बनाऊ, डुक्र । प्रजातन्त्र भन, प्रगतिशील भन, सुधारिएको प्रजातन्त्र भन र राष्ट्रवादका फलाका उराल-जसबाट बचे खुचेको ‘सामन्ती’ प्रवृत्ति अझ केही समयसम्म बँचोस् । हे शोषकहरू डुक्र । डुक्रने गरी तिमीहरूले घिउ खाएका छौ, मासु डकारेका छौ जसका लागि होटल-टोटल गर्यौ । वन-धन गर्यो । ठेका पट्टा मिलायौ र केन्द्रीकरणलाई विकेन्द्रीकरण गरी रकम हसुर्यो ।
पातमा पात ! बातमा बात !
यहाँ चरित्रहीन चरित्रका कुरा गर्छन् । शिक्षकहरूका लागि सञ्चयकोष चाहिन्न भन्नेका खातामा हजारौँ सञ्चयकोष छ । नहुने भन्नेका चाहिँ बैंक खातामा हजारौँको माल छ । यहाँ गफडी पातमा पात भएझै बातमा बात भन्दैछ । आर्थिक उपलब्धि देख्दै जानेले नै यो पटक धेरै उपलब्धि गरे रे ! देशमा धेरै थोक भयो भन्नेका आफू र आफन्त वने रे ! देश बचाऊ भन्नेहरू आफू र आफन्त बनाउँदै छन् रे । यहाँ विचत्र छ । ‘डिजेल’ र ‘पेट्रोल’ हाहा भएका बेला यहाँका मन्त्री हेलिकोप्टरमा भ्रमण गर्छन् । देश कङ्गाल पार्नेहरू यहाँ भोज र मोजमा मस्त छन् । यहाँ वफे र पार्टी छ, तर दयनीय समाजको चेहरा भने पहेलो छ । समाज आर्थिक विषमताको भुमरीमा जाक्किएको छ । भ्रष्टाचार भस्मासुर भएको छ, दुराचार दैत्य भएको छ महंगी राक्षस भएको छ । सकिन आँट्यो समाजको सम्पूर्ण सुख, आनन्द र चैन । यस्तो बेला चित्र-विचत्र गफमा अल्मलिनु पर्दा उर्दू अक्षेरे गफडीलाई अहिले अफसोच लाग्यो तसर्थ आज यतिमै कलम हड्ताल ! आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क २२, २०३६
गफाडीका गफ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































