साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बङ्गालको झै गति

सोझा छन् जनता र पोत उसले, गर्दैछ चाहेजति । जाग्ने छन् जनता अतिहुन गए, अन्याय टिक्ला कति ॥ देखेनौ र छिमेकको गतिविधी, उल्टा बनाए मति । होला निष्य यहाँ कुनै बखतमा, बङ्गालको झै गति ॥

Nepal Telecom ad

बालकृष्ण खनाल :

किड्नी किन्न त मिल्छ ती गरिबका, नेता बलीयो भए ।
मिल्ला फेर्न कहाँ दिमाग जनको उल्टो मतीको भए ॥
नेताको कसरी भयो महल यो, सानो थियो झोपडी ।
पैसाले किनिदैन रैछ जनको, खाली भए खोपडी ॥१

खायो डम्म भुँडी भयो सुँगुरको, उल्टा बनायो मति ।
सुल्टो पार्नु थियो दिमाग जसको, मिल्ला कहाँ ओखती ॥
जे आयो मनमा उहीँ गरिगरी, हैरान पार्छस् कति ।
नेपाली जनले उठे समरमा, होला तेरो के गति ॥२

सक्ने मात्र कुरा गरे पनि भयो ढाँटेर बोल्छस् किन ।
क्षमा मिल्छ अझै तलाई जनको, सक्छस् भने सुध्रन ॥
पानी जाहज हेर चल्दछ भन्यो, डाँडा पखेरा भिर ।
माग्यो भोट फकाउँदै गरिका, फेर्छौ भनी तग्दिर ॥३

खोलामा पुलछैन तर्न गतिलो, अग्ला बने टावर ।
केही भन्न हुदैन हेर्छ जनको, देखाउँदै पावर ॥
कालो साँप रहेछ तुच्छ मनको, डस्दैछ यो देशको ।
छोड्यो धर्म र कर्म गर्न जनले, च्याती दियो भेषको ॥४

सोझा छन् जनता र पोत उसले, गर्दैछ चाहेजति ।
जाग्ने छन् जनता अतिहुन गए, अन्याय टिक्ला कति ॥
देखेनौ र छिमेकको गतिविधी, उल्टा बनाए मति ।
होला निष्य यहाँ कुनै बखतमा, बङ्गालको झै गति ॥५

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x