साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमाउने र गमाउने गफ !

ग्याम्मेमा कमाउने कुरा चल्दा र रक्सीमा डुब्दा देश डुब्न पनि सक्छ, समाज पनि डुब्न सक्छ- दरभाउचाहिँ उठ्न सक्छ, र मान्छेचाहिँ सुक्न पनि सक्छ । ग्याम्मेमा सब चल्छन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

कमाऊ ! जसरी हुन्छ कमाऊ !

शिक्षक एकता होस् ! मजदुर एकता होस् ! छात्र एकता होस् र प्र.वं.पार्टी एकता होस् ! नाना नारा उर्लियून्- जे होस्, हे नयाँ युगका मान्छे हो ! एउटा कुरा नेपालमा नबिर्स – कमाऊ, जसरी हुन्छ कमाऊ । गफडीलाई एक जनाले भने- गफडी पर्मिटमा पनि ठगियो, सहुलियतमा पनि अल्मलियो ! वेवकुफ पत्रकारितामा लाग्या’ छ ! उत्तिकै पत्रकारिता गर्नेले बिल्डिङ ठड्याए ! मोटरसाइकल चढे ! तर हेर गफडीको सङ्गत ! अलपत्र खाले पत्रकारितामा लाग्या’ छ । वेवकुफ हो ! यस लाञ्छनामा गफडीको पनि भनाइ छ- सबभन्दा साधु ठहरिएको गफडी पनि बिल्डिङ र मोटर साइकलमा पछि परे पनि ‘वीर-चरित्र’ उपन्यास लेखक जस्तो तामदानमा बोक्ने त भएकै छ । कारण के होला ? भन्नुहोला भने यो दुई दशक यस गफडीका लागि फापसिद्ध समय हो । यसैले सबभन्दा पछि परेको गफडी पनि त्यति पछि छैन, जति विचराहरू दया गर्छन्, त्यसैले गफडी सल्लाह दिन्छ- हे विचरा हो । गोजी भर, पकेट गरम गर ! केही कमाऊ ! केही बचाऊ ! समयधर्म यही हो ।

गमाउने कुमान्छे हो !

गफडीले सुनेको छ- यहाँ कतिले राजनीति गर्न जग्गा बेचे अरे ! रिनमा डुबे अरे ! यहाँ कैँची चलाउनेले के-के जोडे ! डाइवरी गर्नेले कर्मठ भई के जोडेनन् ! विदेशमा मास्टरीमा दिन गुजार्नेहरू यहाँ ऐतिहासिक व्यक्ति भइसके ! कति यहाँ साधारण मनुष्य विशेष भइसके ! कति धनपति किसान भइसके ! कति अल्छे सक्रिय कार्यकर्ता भइसके, कति पापा ‘थापा’ भइसके । कति मैला ‘महिला’ भइसके । यस्तो घरी पनि कोही नकमाएर गमाउँछ भने उसको रक्षक एक मात्र पशुका पति नै हुनुहुन्छ- अरूको वशको वात होइन है !

अचुक मन्त्र ! अचुक ओखती !

कमाउने अचुक मन्त्र- बाह्र jर्षमा के जाति हुने के जाति पेसा होइन, जसले जन्मभरि त्यो काम गर्दा पनि सञ्चयकोष र उपादानका लागि हरिताल गरी हाकिम कार्यालयवाट निकालापुर्जीको त्रासमा निदाउनुपर्छ । गफडीले अफिमची हुन बाध्य हुने खाले के जाति पत्रकारिता संस्थामा पसेर, कलम कोरेर पनि चैने जोछ सो, सो काम हुँदैन । मर्म नबुझ्ने ठाउँको कर्मचारी भएर जोहो सो, सो कुरा हुँदैन । बद्रीविक्रम थापाका चेलामार्का झन्डे भए भने त श्रीमतीसँग तलाकै लिनु पर्ला-खस्रा कुरा (तास जुवा बन्द । घुस बन्द ! राजनीतिक व्यक्ति भई झुटको पुडिया भएर हैं भाइ केही-न-केही होला !) त कमाउनेले सार्वजनिक संस्थामा सचिव बनी त्यसको रकम आफ्ना खातामा राख्न सक्नुपर्छ र प्रत्येक माइकमा पाइक पर्दा-चाहिँ ‘समाजसेवीको यहाँ कदर छैन’ भनी गलाभरि भावुकताको रोडा विछ्याई मुखमा फिँजको पिच लगाउनुपर्छ । अनि त यसले नै ‘जय नेपाल’ गर्न सक्छ । गफडी चोरी मुद्दा, ज्यानमुद्दा आदि चुत्था कुरा कोट्याएर आफ्नो रमाइलो यो फुलबारी गनाउने पार्न चाहँदैन । कमाउने अचुक मन्त्र वा दवाईमा १ चाकरी, २ चुक्ली, ३ चियो, ४ चुम्बन र ५ चाट्नु हुन् । भनाइको मतलब कमाउनेले चाकरी गर्न जान्नुपर्छ, चुक्ली र चियो गर्नमा निपुण हुनुपर्छ, कुनै-कुनै त चुम्बन दिएर पनि कमाउँछन् रे । र कमाउनेले चाट्न पनि जान्नुपर्छ । जे भेट्यो, जहाँ भेट्यो ल्याप्प चाट्नेले अवश्य कमाउँछ ।

पातमा पात ! बातमा बात !

लिफा लिने दिन गए, सुल्फा तान्ने दिन पनि गए । पातमा पात भए झै बातमा बात गर्दैछ गफडी बोतलका दिन आएका छन् । कमाउनेले बोतल फुटाउन जान्नुपर्छ । घरमा ल्याएर प्रतिवन्धित ‘पार्टी’ दियो भने पार्टी मन नपराउने पार्टीप्रिय पुरुषहरू मग्न । अनि त्यसपछि ग्यामलिङ, स्मगलिङ आदि जम्मै ग्याम्मेमा चल्छन् । ग्याम्मेमा कमाउने कुरा चल्दा र रक्सीमा डुब्दा देश डुब्न पनि सक्छ, समाज पनि डुब्न सक्छ- दरभाउचाहिँ उठ्न सक्छ, र मान्छेचाहिँ सुक्न पनि सक्छ । ग्याम्मेमा सब चल्छन् । यस्तै करमले यहाँ यस्तै यस्तै मरम परेका छन् । लौ त गमाउनेहरू । आइन्दा गमाउने बेवकुफी गरी हरिया दाँत नदेखाऊ । सुरु गर ग्याम्मे । लौ त । आजलाई जय नेपाल पनि । आगे फेरि ।

०००

युगज्ञान वर्ष ११, अङ्क २३, २०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x