चूडामणि रेग्मीकमाउने र गमाउने गफ !
ग्याम्मेमा कमाउने कुरा चल्दा र रक्सीमा डुब्दा देश डुब्न पनि सक्छ, समाज पनि डुब्न सक्छ- दरभाउचाहिँ उठ्न सक्छ, र मान्छेचाहिँ सुक्न पनि सक्छ । ग्याम्मेमा सब चल्छन् ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
कमाऊ ! जसरी हुन्छ कमाऊ !
शिक्षक एकता होस् ! मजदुर एकता होस् ! छात्र एकता होस् र प्र.वं.पार्टी एकता होस् ! नाना नारा उर्लियून्- जे होस्, हे नयाँ युगका मान्छे हो ! एउटा कुरा नेपालमा नबिर्स – कमाऊ, जसरी हुन्छ कमाऊ । गफडीलाई एक जनाले भने- गफडी पर्मिटमा पनि ठगियो, सहुलियतमा पनि अल्मलियो ! वेवकुफ पत्रकारितामा लाग्या’ छ ! उत्तिकै पत्रकारिता गर्नेले बिल्डिङ ठड्याए ! मोटरसाइकल चढे ! तर हेर गफडीको सङ्गत ! अलपत्र खाले पत्रकारितामा लाग्या’ छ । वेवकुफ हो ! यस लाञ्छनामा गफडीको पनि भनाइ छ- सबभन्दा साधु ठहरिएको गफडी पनि बिल्डिङ र मोटर साइकलमा पछि परे पनि ‘वीर-चरित्र’ उपन्यास लेखक जस्तो तामदानमा बोक्ने त भएकै छ । कारण के होला ? भन्नुहोला भने यो दुई दशक यस गफडीका लागि फापसिद्ध समय हो । यसैले सबभन्दा पछि परेको गफडी पनि त्यति पछि छैन, जति विचराहरू दया गर्छन्, त्यसैले गफडी सल्लाह दिन्छ- हे विचरा हो । गोजी भर, पकेट गरम गर ! केही कमाऊ ! केही बचाऊ ! समयधर्म यही हो ।
गमाउने कुमान्छे हो !
गफडीले सुनेको छ- यहाँ कतिले राजनीति गर्न जग्गा बेचे अरे ! रिनमा डुबे अरे ! यहाँ कैँची चलाउनेले के-के जोडे ! डाइवरी गर्नेले कर्मठ भई के जोडेनन् ! विदेशमा मास्टरीमा दिन गुजार्नेहरू यहाँ ऐतिहासिक व्यक्ति भइसके ! कति यहाँ साधारण मनुष्य विशेष भइसके ! कति धनपति किसान भइसके ! कति अल्छे सक्रिय कार्यकर्ता भइसके, कति पापा ‘थापा’ भइसके । कति मैला ‘महिला’ भइसके । यस्तो घरी पनि कोही नकमाएर गमाउँछ भने उसको रक्षक एक मात्र पशुका पति नै हुनुहुन्छ- अरूको वशको वात होइन है !
अचुक मन्त्र ! अचुक ओखती !
कमाउने अचुक मन्त्र- बाह्र jर्षमा के जाति हुने के जाति पेसा होइन, जसले जन्मभरि त्यो काम गर्दा पनि सञ्चयकोष र उपादानका लागि हरिताल गरी हाकिम कार्यालयवाट निकालापुर्जीको त्रासमा निदाउनुपर्छ । गफडीले अफिमची हुन बाध्य हुने खाले के जाति पत्रकारिता संस्थामा पसेर, कलम कोरेर पनि चैने जोछ सो, सो काम हुँदैन । मर्म नबुझ्ने ठाउँको कर्मचारी भएर जोहो सो, सो कुरा हुँदैन । बद्रीविक्रम थापाका चेलामार्का झन्डे भए भने त श्रीमतीसँग तलाकै लिनु पर्ला-खस्रा कुरा (तास जुवा बन्द । घुस बन्द ! राजनीतिक व्यक्ति भई झुटको पुडिया भएर हैं भाइ केही-न-केही होला !) त कमाउनेले सार्वजनिक संस्थामा सचिव बनी त्यसको रकम आफ्ना खातामा राख्न सक्नुपर्छ र प्रत्येक माइकमा पाइक पर्दा-चाहिँ ‘समाजसेवीको यहाँ कदर छैन’ भनी गलाभरि भावुकताको रोडा विछ्याई मुखमा फिँजको पिच लगाउनुपर्छ । अनि त यसले नै ‘जय नेपाल’ गर्न सक्छ । गफडी चोरी मुद्दा, ज्यानमुद्दा आदि चुत्था कुरा कोट्याएर आफ्नो रमाइलो यो फुलबारी गनाउने पार्न चाहँदैन । कमाउने अचुक मन्त्र वा दवाईमा १ चाकरी, २ चुक्ली, ३ चियो, ४ चुम्बन र ५ चाट्नु हुन् । भनाइको मतलब कमाउनेले चाकरी गर्न जान्नुपर्छ, चुक्ली र चियो गर्नमा निपुण हुनुपर्छ, कुनै-कुनै त चुम्बन दिएर पनि कमाउँछन् रे । र कमाउनेले चाट्न पनि जान्नुपर्छ । जे भेट्यो, जहाँ भेट्यो ल्याप्प चाट्नेले अवश्य कमाउँछ ।
पातमा पात ! बातमा बात !
लिफा लिने दिन गए, सुल्फा तान्ने दिन पनि गए । पातमा पात भए झै बातमा बात गर्दैछ गफडी बोतलका दिन आएका छन् । कमाउनेले बोतल फुटाउन जान्नुपर्छ । घरमा ल्याएर प्रतिवन्धित ‘पार्टी’ दियो भने पार्टी मन नपराउने पार्टीप्रिय पुरुषहरू मग्न । अनि त्यसपछि ग्यामलिङ, स्मगलिङ आदि जम्मै ग्याम्मेमा चल्छन् । ग्याम्मेमा कमाउने कुरा चल्दा र रक्सीमा डुब्दा देश डुब्न पनि सक्छ, समाज पनि डुब्न सक्छ- दरभाउचाहिँ उठ्न सक्छ, र मान्छेचाहिँ सुक्न पनि सक्छ । ग्याम्मेमा सब चल्छन् । यस्तै करमले यहाँ यस्तै यस्तै मरम परेका छन् । लौ त गमाउनेहरू । आइन्दा गमाउने बेवकुफी गरी हरिया दाँत नदेखाऊ । सुरु गर ग्याम्मे । लौ त । आजलाई जय नेपाल पनि । आगे फेरि ।
०००
युगज्ञान वर्ष ११, अङ्क २३, २०३६
‘गफडीका गफ’ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































