साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान ! संविधान !! संविधान !!!

भ्रष्टाचारी लुटेरा नियम विधि मिची, गर्दछन् अट्टहास । चर्का जो काण्ड रच्ने अधम किन बँचे ? भन्छ हाम्रो समाज ॥ गर्दै मोलाहिजाले कतिपय खतुवा दण्डमा ल्याइँदैन । धोक्रे सर्कार गोब्रे अब जन जनले भन्दछन् चाहिँदैन ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

उल्टो अभ्यास गर्दा, विधिनियम तथा, ऐन नै घाइते छन् ।
स्वेच्छाचारी बनेका, प्रतिनिधि जति छन्, आइते काइते झन् ॥
आफै धामी र बोक्सी, अभिनय गरिँदा, घाइते संविधान-
पारे, स्वार्थी र दम्भी, कलुषित मनले, ल्याइते संविधान ॥

नारा खोक्रा र छोक्रा, नित खलबलमा, रम्दछन् दुर्विचार –
हर्ताकर्ता उनै छन्, विधि नियम यहाँ, गर्छ कस्ले सुधार ॥
ठूला वक्तव्यबाजी, घननन नगरा, घन्न घन्काउँदैमा ।
मान्दैनन् देववाणी, जनमन अहिले, रन्न रन्काउँदैमा ॥

सत्तापक्षी विपक्षी, दल गुट बलले, मिच्छ पार्टी -विधान ।
त्यस्ता एकाधिकारी, खल-कल मनले, खान्छ है संविधान ॥
आफ्ना आचार चोखो, गर मन-मुटुले, फल्छ आदर्श बाली ।
साँच्चै जीवन्त होला, नियम – विधि यहाँ, चढ्छ वैशाख लाली ॥

भ्रष्टाचारी लुटेरा नियम विधि मिची, गर्दछन् अट्टहास ।
चर्का जो काण्ड रच्ने अधम किन बँचे ? भन्छ हाम्रो समाज ॥
गर्दै मोलाहिजाले कतिपय खतुवा दण्डमा ल्याइँदैन ।
धोक्रे सर्कार गोब्रे अब जन जनले भन्दछन् चाहिँदैन ॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x