साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिघ्रालाई तालिम

शैक्षिक संस्थाहरू लैना हुन छाडे । गर्भाधान क्रियामा नै रोकावट गडबड भएपछि थारो बन्नु के गारो भयो र ? दुनियाँ भरिका तिघ्रालाई विदेश पलायन कसरी हुने भनेर तालिम प्रदान गरिन्छ । अनि उम्रिँदैका तिनपाते तिघ्रेहरू पनि तेस्रो मुलुक तारन्तार हुत्तिरहेकै छन् ।

Nepal Telecom ad
शेषराज भट्टराई :
हरेक कुरालाई तालिम दिएर तन्दुरुस्त राख्न सक्नुपर्छ । तब पो कुवेरको अन्नझैँ अड्किएको गाडा उकास्न मौकामा काम लाग्छ ।
मौकामा काम लाग्छ कि भनेर हामीले आफ्नै बल बुता र वर्गत खर्चिएर जन्माएका बाल बालिकालाई सानामा काखमा खेलाउँदै पिलाउँदै उफारी उफारी तिघ्रो साँप्रो दरो पार्ने गरिन्छ । “बड पाइ” भन्दै छुच्चो बन्न अर्कालाई सतोसराप गर्न सिकाइन्छ । “माम हाम बुबु पाँ” भन्दै आन्द्रा भर्न सिकाइन्छ । आँखा झिम्क्याउँदै कम्बर मर्काउँदै नाच्न सिकाइन्छ । खुसीमा मुख च्यातेर हाँस्न सिकाइन्छ र दुःख, दर्द, पिरलोमा रुँदै रुन आँसुले मुख धुन सिकाइन्छ । दौडिन र बस्न पनि सिकाइन्छ । आइज भन्दा आउने र जाभन्दा जाने तरिका सिकाइन्छ । जेहोस् हरेक किसिमका अरोटपरोट पिट्ने, फकाउने जे गरे पनि अनुशासनका पूर्वअभ्यासहरू हुन् ।
ज्ञात अज्ञात दिइने तालिमहरू हुन् जुन आफूभन्दा ठूलाले मुलाले हान्दै भएपनि हर्दम सिकाइ रहेकै हुन्छन् । सिकाउँदा पनि धेरै सिकाउनु हुँदैन । पिट्दा हप्काउँदा पनि धेरै होइन ठिक्क चिनी तितो लाग्ने गरी खानु हुँदैन । अड्कल्न खटनपटन गर्न सिकाउनुपर्छ । बोल्न मुख खोल्न पनि सीमा तोक्नुपर्छ । घोक्रो छ भन्दैमा धेरै घोक्रो फुलायो भने शोभायमान ठहरिँदैन । झिजो झर्को र झ्याउ नमानी यी सबै शिक्षा तालिमबाट दक्ष भएपछि राम्रोसँग हिँड्नसक्ने भएपछि नेपालको हकमा मन्टेश्वरीमा मुन्ट्याएर पुर्‍याइन्छ । किनकि आफूले मात्रै गिदी भर्न नसकेपछि पैसा तिरेर भएपनि अर्कालाई गिदी भर्ने जिम्मा लगाइन्छ ।
मन्टेश्वरीले गिदीमा गरेको मलजल र लगानी परिपक्कको भएपछि नर्सरी (बिरुवा) अर्को ठाउँमा सारिन्छ । बिहान चार बजे नै उठाएर निन्द्रा नपुग्दै पाठशाला पठाइन्छ । पाठशालामा बधशालाका पशुलाई झै चार बजेसम्म नजरबन्दमा राखेर डकारुन्जेल तालिम दिइन्छ । विचराहरू तालिमका तालिम मानसिक थकाइले लखतरान हैरान हत्तु हुन्छन् । सुत्छन् । तनावले निन्द्रा लाग्छ लाग्दैन कसले सोध्ने कसले पुछ्ने ? विचराहरू तालिमको भार बोझ धान्न नसकेर कतिपय त पागलै हुन्छन् । रुन्छन् कराउँछन् तर मुक्ति मिल्दैन । किनकि बाबु आमाको उद्देश्यलाई तिनले चुमी दिनुछ । समस्या, अभाव, मनका हरेक रहरलाई जहरिलो पाराले पाखा लगाइन्छ । कलिलो मगजलाई योभन्दा खराब तालिम के हुनसक्छ र ?
जेनतेन स्कुलबाट अवकाश पाएपछि उही बाबु आमाले तन्दुरुस्त राखेको तिघ्रा बजार्दै दौडिएर कलेज जान्छ । चलाख टाठा बाठाले यही अवधिको सदुपयोग गर्दै घरजम पनि गरिहाल्छन् । उप्रान्त कलेजबाट निवृत्त भएपछि पेट पालनका लागि बालककालमा सिहार, सुसार, तेल, पाउडर धस्दै जतन गरेर ठूलो पारेको तिघ्रा बजार्दै उद्यम, इलम, नोकरी गर्न तम्सिन्छ । नेपालको हकमा चाहिँ छोरा छोरी लाठे योद्धा संहारे भैसक्दा पनि बाबु आमाले काखमै राखेर खेलाइ राख्न रुचाउँछन् । गाँस, बास, कपासको प्रबन्ध गरेर भएपनि बुढेसकालको लौरोलाई सितिमिति पर पर गर्न सक्दैनन् । बनिबुतोलाई शिरोपर गर्दै भएपनि छोराबुहारीको दासबन्नु परे पनि बाआमाले सन्तानको मन्जुरीनामामा ल्याप्चे ठोकिदिन्छन् । किनकि यहाँहरूलाई थाहा भएकै कुरा हो बुढेसकालको लाठीको जतन निकै बाठाबाठीले मात्रै गर्छन् ।
पछिल्लो समय माओवादी हिंसा तथाकथित जनयुद्धमा बमवारुद पड्काएर सातोपुत्लो गएछ कि क्याहो भकाभक भैराखेका बाबु आमा र देश छोड्न थालेका छन् । अलिकति तिघ्रो दरो भयो कि देशलाई लात मारेर टाप कसिहाल्छन् । अहिले नेपालमा गर्भधारण गरेर विदेशमा गएर ब्याउन थालेका छन् । किन त्यस्तो उपद्रो गरेको भनेर सोध्दा “नेपाल सिंगो देशको भविष्य छैन । यहाँका नेतामा कुनै भिजन छैन । त्यसैले अमेरिका आएर सन्तान जन्माउन सके सन्तानको भविष्य जन्मजात चम्किने थियो कि भनेर” । कति दुरदर्शी कलाकार छन् नेपालमा । सबै कुरा नेपालमा सिध्याएर जन्माउन मात्रै अमेरिका अन्मरिने । अलिकति तिघ्रो दरो भयो कि देशलाई लात मारेर टाप कसिहाल्छन् ।
अहिले स्कुल, कलेल, मन्टेश्वरी सब कोही थारा छन् त कोही बकेर्ना छन् । शैक्षिक संस्थाहरू लैना हुन छाडे । गर्भाधान क्रियामा नै रोकावट गडबड भएपछि थारो बन्नु के गारो भयो र ? दुनियाँ भरिका तिघ्रालाई विदेश पलायन कसरी हुने भनेर तालिम प्रदान गरिन्छ । अनि उम्रिँदैका तिनपाते तिघ्रेहरू पनि तेस्रो मुलुक तारन्तार हुत्तिरहेकै छन् । जहाज मैदानमा जानेको लर्को झुत्ती रहेकै छन् । यसै नेपाली अर्ग्यानिक तिघ्रोलाई मध्यनजर राखेर नेपाल सरकारको साखले उधोमुन्टो लगाइरहेको बखतमा नेपाल सरकारले प्रातकालीन प्रवचनदेखि समाचार सूचना, विज्ञापन अनेक तरहले जल्दाबल्दा तरुनी तन्नेरीहरूलाई तिघ्राको तालिम दिएर अत्यन्त दरो भरपर्दो पारियो भने मित्र राष्ट्र छिमेकी देशको उन्नयन, उन्नति प्रगतिका लागि तिघ्रा पैठारी गर्न सके ठूलो योगदान र टेवा पुग्ने थियो कि ? अन्य तालिम चाहिँ बाल्यकालमा बा आमाले दिएकाले पनि काम चल्न सक्छ । किनकि त्यो बेलामा डकार्न हकार्न र खकार्न समेत सिकाएको हुन्छ ।
०००
शिवशक्ति मार्ग
फूलबारी-११, पोखरा, कास्की
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x