साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाराजको आदेश

उसले एक नजर हलतिर कुदायो सँगै आएका उसका कार्यकर्ता साथीहरू एक कुनामा खानपिनमा व्यस्त थिए । उसले सोच्यो साथीहरू असली कार्यकर्ता भइसकेछन् ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

धरै दिन पछि,
महाराज घरको बरण्डामा देखा पर्‍यो ।
महाराजलाई बरण्डमा देखेर
भुइँमा जम्मा भएका कार्यकर्ताहरूले
ठूलो स्वरमा महाराजको जयजयकार गरे ।

कार्यकर्ताहरूको जयजयकार सुनेर
महाराज मुस्कुरायो ।
कार्यकर्तातिर हेरेर
हात हात हल्लायो ।
कार्यकर्ताहरूले पर्र ताली पड्काए ।

कार्यकर्ताहरूको उत्साह देखेर
महाराज पुनः एकपटक मुस्कुरायो ।

महाराजले एकपटक पुनः चारै तिर नजर दौडायो ।
कार्यकर्ताहरू तर्फ हेर्दे
शिरको टोपी मिलायो ।
अनि हात माथि उठाएर
चर्को स्वरमा आदेश जारी गर्‍यो ।

महाराजको पहिलो आदेश थियो –
अब देखि यो शहरमा कसैलाई बोल्न नदिनु ।

महाराजले अर्को आदेश जारी गर्‍यो-
अब देखि यो शहरमा कसैलाई हाँस्न नदिनु ।

महाराजबाट फेरि अर्को आदेश आयो –
अब देखि बाटोमा कसैलाई हिड्न नदिनु ।

महाराजको अन्तिम आदेश दियो –
अब देखि यो शहरमा कसैलाई खान नदिनु ।

महाराजको यस्तो अलौकिक आदेश सुनेर
कार्यकर्ताहरू मख्ख परे
टर्र ताली बजाए ।

महाराजको यस्तो अभूतपूर्ण आदेशको
जय जयकार गरे !
आदेश पुरा गर्ने अठोट गरे।

महाराजको यस्तो अलौकिक, अभूतपूर्व आदेश
सुनेर दङ्ग परेका कार्यकर्ताहरू नजिकैको हलमा पसे ।

तर हलमा अभूतपूर्ण
खानपिन र नाचगान चलिरहेको थियो ।

आदेशधारी महाराज पनि
केहि आसेपासेहरूसँग हलको एउटा कुनामा झुमिरहेको थियो ।

पार्टीका विशिष्ठ नेताहरू,
शहरमा कहलिएका केही डन र अवैध धन्दाका व्यापारीहरू
महाराजको सेवामा तल्लिन देखिन्थे ।

महाराजको यस्तो हालत देखेर
कार्यकर्ताहरू अचम्ममा परे ।
आफूले मान्दै आएको आदर्शको एउटा धरहरा
यसरी दिन दहाडै ढलेको देखेर
कर्यकर्ताको मन कटक्क खायो ।

कार्यकर्ताहरूको भीडबाट
एउटाले प्वाक्क सोध्यो
अहो, महाराज पनि यता ?
महाराज बिस्तारै मुस्कुरायो ।

कार्यकर्ताले फेरि हिम्मत गरेर सोध्यो
महाराज हजुरको अघिको आदेश ?

अचानक, अप्रत्याशित प्रश्न सुनेर
महाराज एकछिन रन्थनियो ।
हल्लिदै बसेको ‘ठाउँबाट जुरुक्क उठ्यो र
एक थप्पड प्रश्न सोध्ने कार्यकर्ता को’ गलामा बजायो ।
महाराजको थप्पडले रन्थनिएर
विचरा कार्यकर्ता थचक्क्कक भुइँमा बस्यो ।
अरु कार्यकर्ताहरू हेरेको हेरै भए ।

अनि,
महाराज चर्को स्वरमा करायो,
ननसेन्स ! पाजी,
यस्ता नि कार्यकर्ता हुन्छन् ?
हाम्रो महान कम्युनिस्ट पार्टीको ?
यति कुरा पनि नबुझ्नेले के राजनीति गर्ने ?

महाराजले फेरि भन्यो
मेरो आदेश मेरो लागि होर?
मेरो आदेश मैले किन मान्ने ?
म त पार्टीको राजा, महाराजा ।
यी आदेश त जनताको लागि पो ?

यति भने पछि महराजले
फेरि एक गिलास रातो पदार्थ घुटक्यायो।
महाराज बरबराउँदै थियो ।
महाराजलाई’ डन र अवैध धन्दाका व्यापारीहरूले
समाइरहेका थिए ।

कार्यकर्ता थप्पडको डाम सुमसुम्याउँदै एकछिन महाराज र
वरिष्ठहरूतिर हेरेर चुपचाप उभिई रह्यो ।
केही बोलेन ।

उसलाई बल्ल देशको असली राजनीति बुझे जस्तो लग्यो ।
उसलाई पार्टीका राजा, महाराजा र वरिष्ठ नेताहरूको
असली अनुहार चिने जस्तो लग्यो ।
उसलाई आफैदेखि लाज लगेर आयो ।

उसले एक नजर हलतिर कुदायो
सँगै आएका उसका कार्यकर्ता साथीहरू
एक कुनामा खानपिनमा व्यस्त थिए ।
उसले सोच्यो साथीहरू असली कार्यकर्ता भइसकेछन् ।

तर उसलाई त्याहा बस्न पटक्कै मन लागेन ।
ऊ हलको ढोकासम्म आइपुग्यो र
एकपटक पुन : महाराजलाई हेर्‍यो’
महाराज बेफिक्री
नन्दी भ्रींगीहरूसँग झुमिरहेको थियो ।

अनि, उसले मनमनै भन्यो ,
सरी महाराज
महाराजको आज्ञाकारी, वफादार, कार्यकर्ता हुन
मेरो योग्यता, कौशलताले पुगेन ।

अनि ऊ फटाफट बाहिर निस्कियो ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x