साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विपरीत धार

गाउँ/शहर पस्नुस्; स्थायी घरजम गर्नुस् । आयस्रोत बढाउनुस् । आधुनिक जीवनशैली अपनाउनुस् । यसो भन्दाभन्दै मेरो मुख दुखिसक्यो । तपाईंहरूको कानमा बतास पसे पो !

Nepal Telecom ad

नन्दलाल आचार्य :

“नेपाल खुशीले झुमेको क्षणमा तपैँको अनुहारमा खै आभा ?”

मेरो प्रश्न भुईँमा पर्न नपाई उनले प्याच्चै भने; “कागलाई बेल पाक्यो हर्ष न विस्मात् ।”

“दोस्रो संविधानसभाले दिएको कोसेली भत्ताको रूपमा कुपुकुपु खान पाउनुभएको छ । तापनि असन्तुष्टि छाद्नुहुन्छ ?” मैले सोधेको दोस्रो प्रश्नको उत्तर खोज्न उनी आफ्नो छाप्रामा छिरे ।

बिरामी पत्नीको ललाट छामे । नाडी विचार गरे । जिउँदै रहिछ भन्ने ठम्याउन सके । पर्तिर भोकतिर्खाले निस्लोट छोराको छाती छामेँ । चार चम्चा माड पियाए । छोराले आँखा खोल्यो । उनी ढुक्क भएर बाहिर निस्के ।

“माफ गर्नुस्, म अभावको तमासा हेर्दै थिएँ ।” उनले यति भने ।

समावेशी शिक्षा लागू छ उनीहरूकै बालबालिका शिक्षाको उज्यालोबाट बन्चित छन् । जनही सरकारले भत्ता दिन्छ । कसैले लिन्छन्; कोही कता हुन्छन् । जङ्गल मासियो, काठ पाउँदैनन् । उनीहरूले अपनाएको पेशा धरापमा छ । घुमन्ते जाती बनेर परिचय थेगिरहेछन् ।

“गाउँ/शहर पस्नुस्; स्थायी घरजम गर्नुस् । आयस्रोत बढाउनुस् । आधुनिक जीवनशैली अपनाउनुस् । यसो भन्दाभन्दै मेरो मुख दुखिसक्यो । तपाईंहरूको कानमा बतास पसे पो !” मैले सानो मन बनाएर कुराको पोयो खोलेँ ।

भ्रम र आडम्बरी जीवनशैली मान्य छैन भन्दै उनले तुरुन्तै जवाफ फर्काए; “पहिले तपाईंहरू वन पस्नुस् अनि हामी गाउँ/शहर पसौँला ।”

०००
एनेलकुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x