साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बङ्गारा छन् तिखा जहाँ

प्यास मेट्न भनी खाए कोशी र गण्डकीहरू बाक्लो थियो मिले खाए छिमेकमा गए तरु ॥ भुटानी नक्कली काण्ड रचेको छ जहाँ तहाँ सुन टोक्न सकेकै छन् बङ्गारा छन् तिखा जहाँ ॥

Nepal Telecom ad

जगदीश्वर पोखरेल :

भर्छन् उन्नतिका भाका गर्तमा देश खस्कियो
स्वार्थी चिन्तनले गर्दा भ्रष्ट आचार उक्सियो ॥१

भृकुटी बाँसबारी खै लौडा काण्ड भयो यहाँ
गिट्टी र बालुवा खान्छन् बङ्गारा छन् तिखा जहाँ ॥२

चेली बेच्छन् दलालीले नाइके चुप्प बस्दछन्
दिल्ली बम्बै पुगे जम्मै गणिका हुन बाध्य छन् ॥३

सिँचाइ योजना खाए मेलम्ची खै गयो कहाँ
फोर्छन् पाषाण आफैँले बङ्गारा छन् तिखा जहाँ ॥४

सफा पार्छौँ भनी खाए वाग्मती गुरु योजना
दुर्गन्धित भएकै छ अझै खाने छ चाहना ॥५

सन्तुष्ट नहुने रै’छन् सत्ता भत्ता दिए यहाँ
घान कैल्यै नपुग्ने भो’ बङ्गारा छन् तिखा जहाँ ॥६

प्यास मेट्न भनी खाए कोशी र गण्डकीहरू
बाक्लो थियो मिले खाए छिमेकमा गए तरु ॥८

भुटानी नक्कली काण्ड रचेको छ जहाँ तहाँ
सुन टोक्न सकेकै छन् बङ्गारा छन् तिखा जहाँ ॥७

सहकारी निले सारा खरानी जनता भयो
चोखिने तरिका नौलो पत्नी त्याग गर्‍यो गयो ॥९

काण्डै काण्ड महाकाण्ड भएका छन् यहाँ उहाँ
नेपालै सक्दछन् टोक्न बङ्गारा छन् तिखा जहाँ ॥१०

०००
पाउँदीबजार, लमजुङ
सम्प्रति-विष्णुदेवी आवास, शतुङ्गल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

जगदीश्वर पाेखरेल
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

जगदीश्वर पाेखरेल
उता म्याऊँम्याउँ

उता म्याऊँम्याउँ

जगदीश्वर पाेखरेल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x