साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशले के पायो

हरायो माया मुटुमा छैन विदेश पसेर चोरेर धन राष्ट्रको सधैं सत्तामा बसेर हत्या र हिंसा सामान्य बन्यो जाँदैन ऊ जेल अरुले जित्न पाउनु हुन्न गर्दछ ऊ झेल ॥

Nepal Telecom ad

गोपालप्रसाद दाहाल :

म घुस खान्न मुखले बोल्छ चोर्दछ सम्पत्ति
त्यो अख्तियार दुरुपयोग देशको दुर्गति
माया नै छैन देशको रत्ति ढाँटेर ठग्दैछ
गर्दैछ हत्या स्वदेशलाई ओरालो झर्दैछ ॥१

देशको चिन्ता उसमा छैन जनता रूवाई
बाघले बरू मृगको बच्चा पाल्दछ खुवाई
यो देश घाती शासक आफैं निर्दयी कठोर
च्यानलै भ्रष्ट समाती सत्ता लोक्तन्त्र यो हो र ? २

फालेर राजा महाराज बन्यो देशको शत्रु त्यो
प्रधान मन्त्री पटके बन्ने उद्देश्य पत्रु हो
लुट्ने नै देश उद्देश्य बोकी क्रान्तिको नाउँमा
हजारौं मार्‍यो तड्पाई यहाँ ती सोझा गाउँमा ।३

ऊ आफैं मात्र बनेर धनी यो देश डुबायो
मारिए छोरा ती छोरी सबै देशले के पायो?
सीमित मान्छे लुट्दैछन् देश आडमा सत्ताले
गरेर पालो खोक्र्याए देश ठोकौैं है जुत्ताले ॥४

गरेझैं गाली नाटक रची पक्ष र विपक्ष्य
चुसेर खाने जनतालाई सबैको छ लक्ष्य
झण्डा छन् बेग्लै सोचाइ एकै लुटेर खाने यी
नपाए सत्ता विदेशतिर भागेर जाने ती ॥५

ती उच्च पद पार्टीका नेता मिलेर खाँदैछन्
सकुन्जेल् चुस्ने नसके चुस्न पर्देश जाँदैछन्
ओहोदा उच्च पेन्सनपछि विदेशै बसेका
राज्नीति गर्न नेपाल आई लुटेरै भागेका ॥६

हरायो माया मुटुमा छैन विदेश पसेर
चोरेर धन राष्ट्रको सधैं सत्तामा बसेर
हत्या र हिंसा सामान्य बन्यो जाँदैन ऊ जेल
अरुले जित्न पाउनु हुन्न गर्दछ ऊ झेल ॥७

कानुन कडा बनायो भने परिन्छ भनेर
थुन्दैन भ्रष्ट उसका साथी लाचार बनेर
ती पाँच वर्ष बिताए भ्रष्ट चोख्याई राख्न ऊ
प्रयास गर्छ पल्पल सधैँ कानुन मिच्न ऊ ॥८

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x