कुमार खड्काछ टुक्रा कविता
स्थिर, अस्थिर कानून, संविधान ज्ञाता यिनै हुन् सेतो कालो, कालो सेतो पार्ने विधाता यिनै हुन् शक्तिकेन्द्र हातमा लिदै विधिशास्त्रका खलपात्र भिडको प्रभाव अध्ययन गर्ने व्याख्याता यिनै हुन् ।
कुमार खड्का :
बुद्धिजीवी
विवेक भन्दा निमेक बोल्ने, लेख्ने महानुभावहरू
न्यायिक, उत्तरदायी भन्दा द्वेधअर्थी प्रभावहरू
समाज भन्दा शक्तिकेन्द्रित चाहदैनन् परिवर्तन
सत्ता स्वार्थी तावेदार छद्मभेसी अनुहारहरू ।
पत्रकार
राज्यको चौथो अङ्ग, आफ्नै रङ्ग, ढङ्ग हुन्छ
अतिरञ्जित मञ्जिलमा बेअर्थमा दङ्ग हुन्छ
विषय जेसुकै होस्, नाफा, नाता, ध्रुव हेर्छन्
घरानाको ब्राण्ड खोज्दै चाहे समाज भङ्ग हुन्छ ।
वकिल
निराकार, रङ्गहीन, चरित्रहिनको कुरै अर्को
नियम,कानून व्याख्यागर्ने कालो बर्को तर्क चर्को
नैतिक धरातलनै न्युन दुनियाँको अर्थ लाउछन्,
जता पाइन्छ नगद भारी उतैतिर लामो लर्को ।
न्यायाधीश
स्थिर, अस्थिर कानून, संविधान ज्ञाता यिनै हुन्
सेतो कालो, कालो सेतो पार्ने विधाता यिनै हुन्
शक्तिकेन्द्र हातमा लिदै विधिशास्त्रका खलपात्र
भिडको प्रभाव अध्ययन गर्ने व्याख्याता यिनै हुन् ।
कर्मचारीतन्त्र
स्थायी सरकार चलाउने खोपिएका बुद्धिजीवी
साँचो सेवा, सुविधामा अर्का बौद्धिक श्रमजीवी
अधिकार कम, अधिक कर्तव्य जिम्मेवारी उनैलाई
अधिकार बढी, जिम्मेवारी कम उनै ठालु परजीवी ।
नेता
घोचपेच गर्छन्, आफैं बिच दाउपेच गर्न जान्दछन्
एकथरी आफु विदुर, अर्कोलाई शकुनि ठान्दछन्
भ्रष्ट बुद्धि, दास वृत्ति, दलालि, हलालिमै मस्ति मार्दै
नेता हैनन्, विदेशी दास, जनतालाई भेडा ठान्दछन् ।
०००
आलापोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































