साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्दा महिमा

हान्ने र तान्ने पनि मिल्छ पर्दा टाढिन्छ पर्दा अतिचार गर्दा पर्दा लगाए अविषाद जाग्ने पर्दा उतारे भयभीत लाग्ने । संदिग्ध पर्दा अब च्यात्छु भन्छन् तानेर पर्दा तब ढाक्न खोज्छन् पर्दा अनौठो छवि चित्र छेक्ने जाली छ पर्दा अवरोध देख्ने ।

Nepal Telecom ad

सुशील रिजाल :

यो नाट्यशाला प्रिय लाग्छ पर्दा
साक्षी छ पर्दा छलछाम गर्दा
उत्पात गर्छन् तल माथि पर्दा
उध्रिन्छ पर्दा सजिलै न झर्दा ।

पर्दा उठाए पछि खुल्छ नृत्य
पर्दा हटाए पछि फुल्छ कृत्य
टाँगिन्न पर्दा अब सोच्नु पर्छ
मर्दा र पर्दा तब खोज्नु पर्छ ।

पर्दा उठाऊ सुनिने छ ताली
पर्दा झुलाऊ बुझिने छ लाली
तानेर पर्दा किन भाग्छ मान्छे ?
पर्दा लिई जोवन ढाक्छ मान्छे ।

छानेर पर्दा मन खोल्नु भन्छन्
कामै नपर्दा किन बोल्नु भन्छन्
पर्दा विरानो पनि हुन्छ आफ्नो
सन्त्रास पर्दा अनि बन्छ अर्को ।

हान्ने र तान्ने पनि मिल्छ पर्दा
टाढिन्छ पर्दा अतिचार गर्दा
पर्दा लगाए अविषाद जाग्ने
पर्दा उतारे भयभीत लाग्ने ।

संदिग्ध पर्दा अब च्यात्छु भन्छन्
तानेर पर्दा तब ढाक्न खोज्छन्
पर्दा अनौठो छवि चित्र छेक्ने
जाली छ पर्दा अवरोध देख्ने ।

खोज्दै छु यौटा म विशिष्ट पर्दा
चाहिन्छ पर्दा छलछाम गर्दा
पर्दैन पर्दा किन भन्छ सारा
पर्दा हटाए अनि देख्छ तारा ।

०००
काठमाडौं
२०८१/०६/१७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x