साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैँ !!

आङ् नाङ्गिएकामा नाना बनाइनु पर्थ्यो -कथित बडादशैँले कतै थाहा भए सुटुक्क मलाई भन्नोस् आर्त चेहराहरू ! भोका पेटहरू ! नाङ्गा आङ्हरू ! शीत चुहेका शिरहरू ! म शब्दको परिभाषा फेरिदिन्छु कथित झिकेर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

चाडवाडका नाममा
रमाइला रमणका नाममा
अझ बडाका शिरपेच भिरेर
थोत्रो
पुरानो
घिनलाग्दो चेहरा
बिफरको बिमारीझैँ
डण्डीफोरको तनधारीझैँ
दुबीको देहवासझैँ

तिमी
तपाईं
हामी
र हाम्रासामु
ठिङ्ग उभिएको छ
-कथित बडादशैँ
न शिर छ
न पाउ छन्
न स्वरूप छ
तैपनि
निधारभरि अछेता टाँसेर
पुरेतपण्डाका पेट
झुसिला डकार
अघाएको छ
-कथित बडादशैँ
अन्धविश्वासका
अन्धभक्तका
भाटभतेरको
जमात जम्मा गरेर
भेडे जुलुसमा
मठमन्दिर रमाएको छ
-कथित बडादशैँ
ढाँटछलका धनी
भ्रष्टमहारथी
मनमन्दिरका देवता
लात हाँनेर
तनपरिवार शृङ्गारचतुर
नाताकृपावादका मसीहा
कर्मचारी
र नौटङ्की नेताका
रित्ता खल्तीभित्र
बोनस विकासका नामले
गह्रुङ्गो बनेर अघाएको छ
-कथित बडादशैँ
बडा भनिने
कथित बडाकै हो
-कथित बडादशैँ
माथिल्ला
सुरक्षित सिसमहलमा
तल्ला
तारेपाँचतारे
अझ तल्ला
गाउँगल्लीका
झिङ्गे रेष्टुराँभरि
जित्नेहरूका जीवन
र हार्नेहरूका
जिउँदा लाश बनेर
जुवातासका
बनीवासमा
कतै
हाँसोको
हिमाल अग्लेर आएको छ
-कथित बडादशैँ
कतै
आँसुको सतरञ्जा
लम्पसार
सुतेर आएको छ
-कथित बडादशैँ
हिँसाका उद्दाएर
खुँडाखुकुरी
तरवार
तिनै अन्धभक्त
लामा लाम
र उदण्ड जमातका
अमानवीय
जामभरि
कतै
रगतको होली बनेर
रमाएको छ
-कथित बडादशैँ
कतै
आफ्नै माँशपिण्डका
गाँसजस्तै
दाँत उछिट्टिने
चोक्टा बनेर
गिजा ङिच्च हाँसेको छ
-कथित बडादशैँ
खै ?
बडा भए त
शीत चुहेका
छाना छाइनु पर्थ्यो
-कथित बडादशैँले
पेट भोकाएकामा
दाना बनाइनु पर्थ्यो
-कथित बडादशैँले
आङ् नाङ्गिएकामा
नाना बनाइनु पर्थ्यो
-कथित बडादशैँले
कतै
थाहा भए
सुटुक्क मलाई भन्नोस्
आर्त चेहराहरू !
भोका पेटहरू !
नाङ्गा आङ्हरू !
शीत चुहेका शिरहरू !
म शब्दको
परिभाषा फेरिदिन्छु
कथित झिकेर !!

०००

कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
ब्वाँसाहरू !

ब्वाँसाहरू !

कलानिधि दाहाल
आत्मअठोट !!

आत्मअठोट !!

कलानिधि दाहाल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x