साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हतौडासँग सहकार्य घोषणा र शुभकामना

हतौडा व्यङ्ग्यका हान कुसंस्कार विरुद्धमा नयाँ यो नामका साथ देखियौ जो प्रयोगमा । काव्य, साहित्य नेपाली भाषाभित्र खिया परे हीराका साथमा हुन्छ घनश्याम भरे भरे ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

अत्याचार दुराचार भ्रष्टाचार हटाउन
हथौड़ा हान ए साथी लागे देश डुबाउन ।
सशक्त काव्यका बाण हान्ने शक्ति नयाँ नयाँ
जन्मोत्सव दसैँ पर्व दुवैको शुभकामना ।

बिक्रीको वस्तु साहित्य, भाषा सोचेर दुर्जन
यसैका लुछ्दछन् चोक्टा दायीँ हालेर निर्घिन ।
मुटु हो धमनी हो यो भाषा साहित्य देशको
यसैको केन्द्र पक्रेर तयारी छ निवेशको ।

देशको अस्मिता बेच्न धेरै उद्धत छन् यहाँ
नेता सत्ता जुटेका छन् कुम्ल्याऊ धन यज्ञमा ।
पदमा जो सुकै आओस् परकै पाउ पर्नमा
तपस्यामा जुटेका छन् पैसाको खात भर्नमा ।

हतौडा घन ठोकेर बाङ्गालाई गरी सिधा
फटाहा राष्ट्रका द्रोही यहाँबाट गरौँ विदा ।
धेरै छन् धमिरा भित्ती चमेरा झुन्ड झुन्डमा
सफाई अब थालौँ लौ आगो लाऊ भुसुण्डमा ।

हतौडा व्यङ्ग्यका हान कुसंस्कार विरुद्धमा
नयाँ यो नामका साथ देखियौ जो प्रयोगमा ।
काव्य, साहित्य नेपाली भाषाभित्र खिया परे
हीराका साथमा हुन्छ घनश्याम भरे भरे ।

०००
हाल – विकास चोक ५, भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x