साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सतीले सरापेको देश

हिजो भिम मल्ललाई काट्ने पनि राजा नै थिए । कालुपाण्डेलाई गिड्ने पनि राजा नै थिए । सत्ताको लागि कसले हतियार उठाएन ? सत्ताको लागि कसले आफ्नैको गला रेटेन ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

सक्ने ले
ठग्ने हो ।
सक्नेले लुट्ने हो ।
किन भने यो नेपाल हो ।

हिजो मुर्ति चोर्ने
नि राजा भए
सर्पको छाला काण्डका नायक
नेता भए ।
गाई र गलैचा काण्ड लाग्ने ।
इमान्दार नेता मानिए
किन भने यो नेपाल हो ।

नदी र खोला कसले बेचेन ?
माटो र धर्म बेचेर कसले सत्ता किने न ?
जनताको गाँस खाने
को नेता भएन ?
किन भने यो नेपाल हो ।

सरकारी जमिन नखाने
को नेता भएको छ ?
ठगि र लुट नजान्ने
को नेता भएको छ ?
गुन्डाको काँध न चडी
को नेता सरकारमा पुगेको छ ?
किन भने यो नेपाल हो ।

हिजो भिम मल्ललाई
काट्ने पनि राजा नै थिए ।
कालुपाण्डेलाई गिड्ने पनि राजा नै थिए ।
सत्ताको लागि कसले हतियार उठाएन ?
सत्ताको लागि कसले
आफ्नैको गला रेटेन ?
किन भने यो नेपाल हो ।

राजा हुनेले
मुर्ति चोर्नै पर्ने ।
नेता हुनेले
ठग्न र लुट्न जान्नै पर्ने ।
सरकारी सम्पत्ति खानै पर्ने ।
सरकारमा जानेले
माटो, पानी र इमान बेच्नै पर्ने ।
किन भने यो नेपाल हो ।
सतीले सरापेको देश हो ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
tanka bahadur alemagar
tanka bahadur alemagar
1 year ago

मीठो ।

Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
1
0
Would love your thoughts, please comment.x
()
x