सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सतीले सरापेको देश

हिजो भिम मल्ललाई काट्ने पनि राजा नै थिए । कालुपाण्डेलाई गिड्ने पनि राजा नै थिए । सत्ताको लागि कसले हतियार उठाएन ? सत्ताको लागि कसले आफ्नैको गला रेटेन ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

सक्ने ले
ठग्ने हो ।
सक्नेले लुट्ने हो ।
किन भने यो नेपाल हो ।

हिजो मुर्ति चोर्ने
नि राजा भए
सर्पको छाला काण्डका नायक
नेता भए ।
गाई र गलैचा काण्ड लाग्ने ।
इमान्दार नेता मानिए
किन भने यो नेपाल हो ।

नदी र खोला कसले बेचेन ?
माटो र धर्म बेचेर कसले सत्ता किने न ?
जनताको गाँस खाने
को नेता भएन ?
किन भने यो नेपाल हो ।

सरकारी जमिन नखाने
को नेता भएको छ ?
ठगि र लुट नजान्ने
को नेता भएको छ ?
गुन्डाको काँध न चडी
को नेता सरकारमा पुगेको छ ?
किन भने यो नेपाल हो ।

हिजो भिम मल्ललाई
काट्ने पनि राजा नै थिए ।
कालुपाण्डेलाई गिड्ने पनि राजा नै थिए ।
सत्ताको लागि कसले हतियार उठाएन ?
सत्ताको लागि कसले
आफ्नैको गला रेटेन ?
किन भने यो नेपाल हो ।

राजा हुनेले
मुर्ति चोर्नै पर्ने ।
नेता हुनेले
ठग्न र लुट्न जान्नै पर्ने ।
सरकारी सम्पत्ति खानै पर्ने ।
सरकारमा जानेले
माटो, पानी र इमान बेच्नै पर्ने ।
किन भने यो नेपाल हो ।
सतीले सरापेको देश हो ।

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
tanka bahadur alemagar
tanka bahadur alemagar
6 months ago

मीठो ।

Nepal Telecom ad
जनताको भागमा तिरैतिर

जनताको भागमा तिरैतिर

सुभाषचन्द्र देवकाेटा
अब म अक्षरहरुको कविता लेख्दिन

अब म अक्षरहरुको कविता...

सुभाषचन्द्र देवकाेटा
लिग-लिगे राजा दलसुर रानामगरको वक-पत्र !

लिग-लिगे राजा दलसुर रानामगरको...

सुभाषचन्द्र देवकाेटा
राजा ल्याऊ ! देश बनाऊ ?

राजा ल्याऊ ! देश...

सुभाषचन्द्र देवकाेटा
त्याग गर्ने बेला आयो ?

त्याग गर्ने बेला आयो...

सुभाषचन्द्र देवकाेटा
दास भन्दा ठूलो अर्को दास हुँदैन

दास भन्दा ठूलो अर्को...

सुभाषचन्द्र देवकाेटा
हाम्रो अड्डामा

हाम्रो अड्डामा

नवराज कार्की
सबैलाई सुपाच्य

सबैलाई सुपाच्य

रामदेव पाण्डे
भाग्यमानी

भाग्यमानी

बिनुबाबा घिमिरे
गाैरादह

गाैरादह

खगेन्द्र नेउपाने
बिग्रेछ चाला पुरा

बिग्रेछ चाला पुरा

माधव पोखरेल गोज्याङ्ग्रे
त्यसपछि…

त्यसपछि…

राजेन्द्रप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x