साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संवाद इतिहाससँग

मैले त तिमीलाई थोरै भए पनि चिनिसकेँ तर तिमीले कहिले पनि मलाई चिन्दैनौ सायद तिमी शक्ति र भक्तिका सहारा भयौ अरुलाई चिन्दै नचिन्ने तर्फ गयौ ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

तिमीसँग मेरा केही जिज्ञासाहरू छन्
तिमी कहिले र कहाँ जन्मियौ
कुन भाषामा जन्मियौ
कुन अक्षरबाट जन्मियौ
तिमीलाई पहिले कसले जन्मायो ?

तिमी मान्छे भन्दा उल्टो रहेछौ
मान्छे र उनका कर्महरू निलेर बाँचेका रहेछौ
प्रकृतिका परिवर्तनहरू साँचेका रहेछौ
मान्छे भने तिमीलाई रच्दै जाने
तिमी भने मान्छेलाई निल्दै लाने ।

मान्छेको अस्तित्व छ र तिमी पनि छौ
मान्छे नभएको भए तिमी कहाँ हुन्थ्यौ
मान्छेहरूले तिमीलाई जोगाए
तिमीले केही मान्छेलाई जोगायौ ।

तिमी सभ्यता सिकाउँछौ
शासनका बान्की पढाउँछौ
हिंसा र हत्याका कथा सुनाउँछौ
विजय र पराजयका पाना देखाउँछौ
तैपनि मान्छेलाई बुझाउन सकेनौ ।

तिमी नभए पनि त म बाँच्न सक्छु
म भइन भने तिमीलाई कसले बचाउँछ र
तिमी बस्ने किताब र कलाकृतिहरू विलुप्त हुँदा
तिम्रो पनि अस्तित्व सकिने छ ।

त्यसैले म कहिलेकाहीँ डराउँछु
म सँगै तिमी पनि हराउँछौ कि भन्ने डरले
अनि सोध्न मन लाग्छ
तिमी मलाई बचाउँदै छौ
कि म तिमीलाई बचाउँदै छु ?

मैले त तिमीलाई थोरै भए पनि चिनिसकेँ
तर तिमीले कहिले पनि मलाई चिन्दैनौ
सायद तिमी शक्ति र भक्तिका सहारा भयौ
अरुलाई चिन्दै नचिन्ने तर्फ गयौ ।

तिमीले भविष्यलाई मार्ग निर्देश गर्दै गरे पनि
म निरुत्तर छु मेरा जिज्ञासाहरू प्रति
मृगतृष्णा जस्तै गरी जवाफको खोजीमा छु
तिमीलाई भेट्ने प्रयासमा
म आफ्नै वर्तमानमा हिँडिरहेको छु ।

०००
सिनामङ्गल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x