साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हार्दिक सलाम ! चाणिकलाल…!!!

राज्यद्वारा परिभाषित जटिल प्रलयको अभिव्यक्ति र कोरा शब्दवर्षाको बाढी सृजना गर्ने राजकीय शैली, अनि गोहीका आँसु चुहाउने तिन्का चाटुकारहरूलाई धिक्कार छ !

Nepal Telecom ad

कुमार खड्का :

विकासे डोजरको उद्दतले
वन मासिन्छन्, डाँडा ताछिन्छन्,
अन्धाधुन्ध गोरेटो, घोडेटो खोतल्दै
खोल्सी र कन्दरा ढलाउँदै,
घर बस्तीको पहुँच जोड्ने
जबर्जस्त नियतिले
क्रमागत रूपमा
कमजोर धरतिको छेपारीमा
निको नहुने घाउ लगाइरहन्छन्,
अनवरत ।

जब अव्यवस्थित नीतिको रीतिले
प्रकृति प्रेम टाढा टाढा भाग्दै जाँदा,
मनगढन्ते झोली भर्ने नियतले
कुकृत्यका डङ्गुर भित्रभित्रै गाढा हुन्छन्,
नदी किनारका सभ्यता के हो ?
किन हो पर्यावरणीय सौम्यता ?
निहित स्वार्थको राहमा
दुइतर्फी पखेटाका
प्वाँख उखाल्ने विधि व्यवहार
द्रुततर र निरन्तर हुँदै जान्छन् ।

बगर र पर्ति दहनमा
पाटो बनाउँदै
अतिक्रमित साँधभित्र
बस्ती र बाटो खनिन्छन् ,
साँघुरिन्छ्न् मौलिक निकास
नाली, ढल जालसाझीको
चपेटामा पर्छन्,
टुङ्गो हुदैन, निकासको
बिना तादम्यताको सहमति
र विकासनै विनास बनेर
छरपस्ट हुन्छन्,
सुदखोरिका किर्ते सहमति र
अतिक्रमण एथार्थतामा रहलिँदा,
आफैँमा आफ्नै दपेटो बनिरहन्छन् ।

एकतर्फ
जलवायु परिवर्तनको विषमता
र अर्कोतर्फ
प्राकृतिक अपचलनको अकर्मण्यता,
न पूर्व तयारीनै, न प्रचुर होसियारी
फगत, मुख मात्रैको कामना, आरधना ।
उचालिन्छ्न विचौलियाहरू
सुकुम्बासी अतिवाद बनेर,
राजनीतिक स्वार्थले अभिप्रेरित
कोरा सोचका पराकाष्ठाले,
किंचित शेष वचत हुँदैनन्
संवेदनाका भावनाहरू ।

संस्कारहीन राजनीति सिर्जित
झुठ, अफवाह, र किर्ते करारले
घायल हुँदै घात, प्रतिघातमा
चर्चराउँदैका बस्ती र पाखाहरू,
बेला बखतका उतारचढावले
ज्वारभाटा झैँ हुन्छन् ,
कहरका अभिसप्त फणाहरू,
उठ्छन् डरलाग्दो चित्कारसँगै
मेघका बलिन्द्र अश्रुधारा
वर्षादको भेल बनेर ।

छिनको छिनमै गड्गडाहट
खहरे, कुलो भेल र बाढी बन्दै,
सोतर पार्छन्, किनाराका बस्तीहरू
डग्मगाउँछन् मिचाहा अतिवृत्तिका
प्रलयंङ्कारी हाहाकार ।
गुहारका कङ्कला शब्दसँगै
धुमिल हुन्छन् अघिल्तिरका परिदृश्य,
अजिङ्गरले निलेझैँ निलिएका
बस्तीका जीवनहरू फिर्ता हुने
कुनै छाँटकाँट देखिदैनन्,
फगत बाँकी हुन्छन्, सहानुभूति
र समवेदनाका अलापहरू… ।

विडम्बना !
यहाँ जो पासो थाप्ने
बोक्सीको गिरोह छ,
सुरक्षा र उद्दारको वकवास गर्दै
झाँक्रीको अभिनयमा व्यस्त छन्
सम्बद्ध पछुवाहरू शोकले डुबेझैं,
गोहीको आँसु झार्दै
कुबेला बर्बराउदैछन्, किनकि
विद्यमान शासनको दीक्षाले
उसलाई निकृष्ट अभिनयकर्ता
बनाइसकेको छ ।

राज्यद्वारा परिभाषित
जटिल प्रलयको अभिव्यक्ति र
कोरा शब्दवर्षाको बाढी सृजना गर्ने
राजकीय शैली, अनि
गोहीका आँसु चुहाउने
तिन्का चाटुकारहरूलाई धिक्कार छ !
आफ्नो जीवन निशर्त दाउ लाउँदै
होनाहार जीवन बचाउने
चाणिकलालको त्याग र
शाहस भित्र अझै
भरोसा ज्युदो भएको प्रत्याभूति र
चहराउँदो घाउको मलम छ !
हार्दिक सलाम चाणिक लाल !!!
सलाम छ, पुनर्जीवन दिने सम्पूर्ण हातहरू !!!

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x