जगदीश्वर पाेखरेलसाम्राज्यशाली दलको छ ताडना
बेकार हाले मत व्यर्थ पोखियो आफैँ नजान्दा झिर वक्ष रोपियो भोग्छन् अनेकौँ जन कष्ट शासना साम्राज्यशाली दलको छ ताडना ॥

जगदीश्वर पोखरेल :
नेपाल हाँक्ने तरिका बिकामको
लाग्दैन चिन्ता किन आज देशको
सत्ता हसुर्छन् वन मास्दछन् घना
साम्राज्यशाली दलको छ ताडना ॥१
आशा भरोसा जनता गरी रहुन्
भोका र नाङ्गा जति छन् मरी रहुन्
मस्ती छ गर्दै मद लिप्त वासना
साम्राज्यशाली दलको छ ताडना ॥२
सत्ता नपाए पछि हुन्छ पागल
ठोक्नेहरू छन् दिनरात मादल
माग्दै नमाग्ने खल धूर्त याचना
साम्राज्यशाली दलको छ ताडना ॥३
बेकार हाले मत व्यर्थ पोखियो
आफैँ नजान्दा झिर वक्ष रोपियो
भोग्छन् अनेकौँ जन कष्ट शासना
साम्राज्यशाली दलको छ ताडना ॥४
स्वार्थी हुनाले दल राष्ट्र हेपिपो
कुत्ता सरीको कति कष्ट खेपियो
नेपाल वासी गर नित्य भर्त्सना
साम्राज्यशाली दलको छ ताडना ॥५
०००
पाउँदीबजार, लमजुङ
सम्प्रति-विष्णुदेवी आवास, सतुङ्गल







































लोकप्रिय फित्कौली डटकमले नेपाली भााषा साहित्यक लामााअतुलनीय योगदान पुऱ्यइरहेको छ । प्रधान सम्पादक नरनाथ लुइँटेलको योगदनको कदर गर्नै पर्दछ । सामााजिक कार्यमा समर्पित हुनु भनेको चानचुने कुरा होइन । सर्जकका सिर्जनाहरू लाखौँ भावक सामु पुऱ्याइ दिनु हुन्छ । ओझेलमा परेका सर्जकलाई प्रकाशित गरिदिनु भएको छ । भावकले पढ्न पाउँछन् । २०८१ को विजया दशमीको शुभकामना सहित फित्कौली परिवारमा आभार व्यक्त गर्दछु ।
सृजना पनि आफ्नै प्रतिक्रिया पनि आफ्नै
नासो पनि आफ्नै चासो पनि आफ्नै😉