साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकी भन्दैमा कतिदिन सहूँ यो गतिविधि ? 

कहीं तीतो मीठो सहजसँग पच्ने बन तिमी जहाँ सार्छौ खाँवो हृदयसँग सोध्ने गर तिमी । कि मार्छौं वा हार्छौं भन-रण तयारी गर तिमी छिमेकी भन्दैमा कतिदिन सहूँ यो गतिविधि।

Nepal Telecom ad

नदी भट्टराई :

मलामी मर्दाको सफल मनुमा जन्ति पनि हो
भनी बाँच्ने इच्छा अब त गतिलो दर्शन भयो ।
दिएको औँला हो तर सब अरू निल्दछ यदि
छिमेकी भन्दैमा कतिदिन सहूँ यो गतिविधि ।।१।।

हिजो माटो एकै मनवचन सारा सम भनी
हिंडे हाम्रा पूर्खा घरिघरि पुराना थल गनी ।
तिनै आस्था हाम्रा अझ पनि उतै भो प्रतिनिधि
छिमेकी भन्दैमा कतिदिन सहूँ यो गतिविधि।।२।।

तिमी मोती चाँदी नवनन सखी विश्वभरि नै
पलाएका हामी मधुवन छहारी सँगसँगै ।
जितेनौ यात्रामा अघिअघि कुदेका लहर ती
छिमेकी भन्दैमा कतिदिन सहूँ यो गतिविधि।।३।।

कतै सीमा मिच्दै दलवल खटाई बसिदियौ
कतै मान्छे मार्दै जनधन लुटाई चुटिदियौ।
कहाँ खोजौं नाता जब मन धमीलो जल भई
छिमेकी भन्दैमा कतिदिन सहूँ यो गतिविधि ।।४।।

सधैं हाम्रो भन्छौ पिलर अनि राम्रा निधिहरू
भए ठूलो खाल्डो मिलिजुलि सपारौं विधिहरू।
कि जानेनौं भन्नू कि त अब लुटेको र नियति
छिमेकी भन्दैमा कतिदिन सहूँ यो गतिविधि ।।५।।

कहीं तीतो मीठो सहजसँग पच्ने बन तिमी
जहाँ सार्छौ खाँवो हृदयसँग सोध्ने गर तिमी ।
कि मार्छौं वा हार्छौं भन-रण तयारी गर तिमी
छिमेकी भन्दैमा कतिदिन सहूँ यो गतिविधि।।६।।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x