साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाैध ओटा पृथ्वी

मानव ओठको क्षेत्रफल कति हो ? ओठमा अचार लागेको भाग कति हो ? त्यसलाई पुछ्न आवश्यक कागज कति हो ? साथी ! यो सोच्नु पर्ने कुरो हो ।

Nepal Telecom ad

सुरेश राई :

स्वाट् !
स्वाट् स्वाट् !
स्वाट् स्वाट् स्वाट् !
स्वाट् स्वाट् स्वाट् स्वाट् !
स्वाट् स्वाट् स्वाट् स्वाट् स्वाट् !

ओठमा लागेको
जाबो एक पित्को अचार पुछ्न
कुनै रेस्टुरेन्टमा
टेबलमाथिको बक्सबाट
टिस्यु पेपेर थुतिएको अवाज हो यो

प्रति स्वाट्
एक पत्ता कागज ।
सित्तैमा आएको ठानिएको
जाबो एक पत्ता टिस्यु ।

मानव ओठको क्षेत्रफल कति हो ?
ओठमा अचार लागेको भाग कति हो ?
त्यसलाई पुछ्न आवश्यक कागज कति हो ?
साथी !
यो सोच्नु पर्ने कुरो हो ।

आफैलाई सोधी हेर्नुहोस् एकफेर
तपाईं कति ‘स्वाटे’ हुनु हुन्छ ?
यदि धेरै ‘स्वाटे’ हुनुहुन्छ भने
हावा, पानी, माटो र वनस्पति
प्रशस्तै तपाईंलाई चाहिए जति
सम्पूणर्ता भएको
बाँकी अपुग १४ ओटा पृथ्वी
म कहाँबाट ल्याऊँ ?

०००
बाम्राङ, खोटाङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x