साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धको गथासो (खण्ड- ३)

ठुलै बाध्यतामा फस्यो जिन्दगानी तिखा बाण हान्छ्न् छ छाती निसानी सबैको खुसीको अचानो भएँ म म कस्तो अभागी बिकामे रहेँ म ।

Nepal Telecom ad

बिन्दु दाहाल मूकदर्शक :

म हिँड्ने हिजोका भए मार्ग नौला
म डुल्ने बगैँचाहरू के गरौला
म पौडी जहाँ खेल्दथे ताल खोला
बिराना बने छन् सबै छन् अभोला ।२२

मलाई सधैँ स्नानमा हुन्छ साह्रो
कठ्याङ्रिन्छु जाडो हुँदाखेरि गाह्रो
कसैले गरेनन् कवै ख्याल मेरो
म तड्पिन्छु आफैँ बनी झन् अँध्यारो २३

हियामा खियाको कयौँ पत्र हुन्छन्
व्यथाका तरेली बढी व्योम छुन्छ्न्
म दुर्भाग्यलाई सधैँ छेल्न खोज्छु
सही कष्ट आफैँ खुसीशान्ति रोज्छु ।२४

मलाई बिथोल्ने गिजोल्नेहरू छन्
विनाकाम हाँसो बिरोल्नेहरू छन्
म डाँडा कुनाकन्दरा ती नियाल्छु
बनी शुष्क आफ्नै कथा पढ्न थाल्छु ।२५

पढाएँ बढाएँ सबै बालबच्चा
थियो भित्र चिन्ता नहुन् जीर्ण कच्चा
म भोकै म प्यासै तिनै निम्ति बाँचे
कयौँ चोट पर्दा तिनै निम्ति हाँसे । २६

न भोकै सुताएँ न नाङ्गै हिँडाएँ
सबैका सदिच्छा बलैले पुर्‍याएँ
सुनाएँ अनेकौँ कथा शिष्टताका
सुने गीत सङ्घर्षका दिव्य भाखा ।२७

अनेकौं थिए कल्पनाका तरेली
लुकी पुच्छ्दथेँ ती भिजेका परेली
परे दु:ख सन्तान छन् भोलि हेर्ने
भनी ढुक्क हुन्थेँ भए यी नटेर्ने । २८

ठुलै बाध्यतामा फस्यो जिन्दगानी
तिखा बाण हान्छ्न् छ छाती निसानी
सबैको खुसीको अचानो भएँ म
म कस्तो अभागी बिकामे रहेँ म । २९

अकर्मण्यताका उठे ज्वारभाटा
म हिँड्ने म भुल्ने भए बन्द बाटा
बिलौना गरेको नठान्नू कसैले
भएकै कुरा हुन् कहेँ यो यसैले । ३०

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x