साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसो गरे कसो होला ?

रमाइलो भोज गरुन् सबैका भक्तजन सँगसँगै मोज गरुन् त्यसपछि के हुने रहेछ खोजकर्ताहरू खोज गरुन् यस्तो म सोच्ने गर्छु मनमनै सर्त एउटै छ मेरो यिनीहरू साँच्चै छन् भने !

Nepal Telecom ad

रामदेव पाण्डे :

कहिलेकाहीं
एक्लै घोत्लिएर सोच्छु
फेरि आफैं झस्किन्छु
ला म पनि के के गर्न खोज्छु
अनि कें कें सोच्छु सोच्छु !
मैले सोचेकै भरमा कहाँ हुन्छ र ?
फेरि सोच्छु
नहुनै पो किन पर्यो र?
आखिर घर त घरै हो
कुनै मान्छेको घरमा
अर्को मान्छे जान र
मजाले बस्न भएझैँ
अल्लाहको घर
यानि मस्जिदमा
बुद्ध बस्न हून्छ कि हुन्न ?
बुद्धको घर गुम्बामा
अल्लाह बस्न मिल्छ कि मिल्दैन ?
परमेश्वरको घर चर्चमा
भगवान ईश्वर बस्न हुन्छ कि हुन्न
अनि भगवानको घर मन्दिरमा
परमेश्वर आएर बस्दा के हुन्छ ?
कति मान्छे भन्ने गर्छन्
भावनामा बहेर हो वा मनैदेखि ?
ईश्वर एउटै हो
रूपमात्र फरक हो
अनि त मेरो सोच गलत होला र ?
मैले सोचे जस्तै कसो नहोला र ?
ईश्वर अल्लाह बुद्ध र परमेश्वर
आइतबार
चारै जना मस्जिदमा
सोमवार गुम्बामा
मङ्गलबार चर्च र
बुधवार मन्दिरमा
पालैपालो डेरा सरुन्
हरेकले आफ्ना घर आएका
पाहुनालाई स्वागत गरुन्
रमाइलो भोज गरुन्
सबैका भक्तजन
सँगसँगै मोज गरुन्
त्यसपछि के हुने रहेछ
खोजकर्ताहरू खोज गरुन्
यस्तो म सोच्ने गर्छु मनमनै
सर्त एउटै छ मेरो
यिनीहरू साँच्चै छन् भने !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x