साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालाखेती

हुर्काएको विसङ्गति विकृति बढारेर मिल्काउन गरिएको विपुल कटुवालीले इमानदार हौसला सम्प्रेषण हेतु बजाइएको विवेकी बिगुलसँग उर्लेको जनसागर ।

Nepal Telecom ad

छायादत्त न्यौपाने ‘बगर’ :

बेथितिले पिटिरहेको वर्तमान
हुत्याउन तम्सिएको प्राकृतिक प्रकोप
जीवन चकमन्न पारिरहेको मौसमी सङ्ग्राम
विनास बोकेर भँगालिएको कात्तिके बाढी
दासमनोवृत्तिसँग बेहिसाब फस्टाइरहेको मालाखेती ।

आफ्नै सिपजाँगरले बाँच्न नसिकेका कार्यकर्ता हामी
भीड छिचोलेर पल्तिर देख्नै नचाहने हाम्रा मान्छे
उपचारविनाका यी गुटविन्दुग्रस्त पदासीन आँखाहरू
हिजोअस्तिदेखि निरन्तर बल्झाइरहे झोपडीका बेथाहरू
ठगीखाने तरमाराकै पैरवीमा मदमस्त हाम्रा मान्छे
विलासप्रेमी कूटनैतिक सामर्थ्यहीन  हर्ताकर्ताको
वैयक्तिक दबदबाले आक्तान्त पारेको पार्‍यै छ मुलुक ।

कानै नछामी लहैलहै दौडिन अभ्यस्त हामी मतदाता
उस्तै हिजोजस्तै कट्कटिएको उद्दण्ड दासमनोवृत्ति
व्यस्त छ पाखुरा खुम्च्याई खुम्च्याई स्वाभिमान भत्काउन
मालाखेतीमा पुरुषार्थ देखेर हौसिने अकर्मण्य निहुरिमुन्टे नले
हुर्काएको विसङ्गति विकृति बढारेर मिल्काउन गरिएको
विपुल कटुवालीले इमानदार हौसला सम्प्रेषण हेतु
बजाइएको विवेकी बिगुलसँग उर्लेको जनसागर ।

सुसेलिँदै जुझारु चेतनाका वाहक हामी सन्ततिका
उत्साही पुर्खाका आँखाले सोझै तीर चलाएर हुर्काएका
स्वस्थ स्वाधीन सान बोकेका जाँगरिला पैतालामा अडिएर
बार भाँचेर पसेको हुँडार लखेटेको उच्च मनोवृत्ति अङ्कित
गौरवशाली वीरताको इतिहासका पानाभरि भरी जडित
अनन्त मुस्कान झुलिरहेका निष्कलङ्क गुराँसे पछ्यौरा
निर्बाध सर्वाङ्ग सजाइरहौं आमालाई हामी सपूत ।

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x