साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्र आएको रहेनछ

तिम्रो सिफारिस भोलि गरिदिन्छु भन्ने उ बेलाको प्रधानपञ्च र अहिलेको मेयर र्‍यालीमा गएकोले अहिलेसम्म पनि कार्यालयमा आएको रहेनछ मेयर ता मेयर भैगो किन आओस् बेलामा गणतन्त्र पनि आएको रहेनछ ।

Nepal Telecom ad

होम सुवेदी :

साथी तिम्रो कामका लागि
नगरतिर पाउ चालेँ
दिनदिनै भनेजसो
नगरकार्यालयतिर जान थालेँ
उनीहरुले क्या उनीहरुले
उनीहरूले नडढाएको
उही त्यो बेलाको नगरपञ्चायत
नगरपालिका भएको रहेछ
पहिले भन्दा सुकिया मुकिला या भनौँ
उ बेला अलिक रफ थिए
अहिले निकै फेयर भएका रहेछन्
उनै प्रधानपञ्च मेयर भएका रहेछन्
मेरो गोजी रित्तो भएको बुझेर
कार्यालय सारा सामसुम भो
मेयरबाट निगाहका साथ
वार्ड कार्यालयमा जाने हुकुम भो ।

त्यता जानका लागि
गरुँगा पाउ उचालेँ
अब त्यतै धाउन थालेँ
पञ्चर्‍यालीका हर्ताकर्ता
वार्ड अध्यक्ष भएका रहेछन्
अलिक तलै थिए
निकै माथि गएका रहेछन्
यता जा भन्छन्
उता जा भन्छन्
भोलि आइज भन्छन्
पर्सि आइज भन्छन्
यति तिर भन्छन्
उति तिर भन्छन्
तिर्दा तिर्दा हैरान भएको छु
साथी तिम्रो कामका लागि
आज फेरि वार्ड कार्यालय गएको छु
म ता केही हप्तादेखि
तिम्रै कामका लागि
वार्डकार्यालयमा रहेको छु
तैपनि भएन तिम्रो काम
जतासुकै छ गणतन्त्रको नाम
सकिएन है सकिएन तिम्रो काम
गणतन्त्रमा ता
गोरु पनि ब्याउँछ भन्थे
गाई पनि ब्याएको रहेनछ
पारिबाट मुर्राहरु ल्याउँछन् भन्थे
ल्याएर पनि
आफ्नो हामीलाई ठगिँदो रहेछ
उत्तरतिर चराउन लगिँदो रहेछ
मुर्रा पनि अझ ब्याउने भएको रहेनछ
यता नाचेँ उता नाचेँ
जनताले सुखको
सु गर्न पनि पाएको रहेनछ
हेर साथी
हाम्रो देशको गाउँको कुरा छाड
सहरमा पनि
गणतन्त्र आएको रहेनछ
जनताले गणतन्त्रको
आभास पाएको रहेनछ

उ बेला सुनाएको जस्तो
गणतन्त्र ता
जनताले
अहिले पनि पाएको रहेनछ
भनेको जस्तो गणतन्त्र ता
अहिलेसम्म पनि आएको रहेनछ ।

अनि सबैतिरको हाल बुझेँ
विदेश गएका बाबुले
पठाएको रेमिट्यान्सले पनि
भुरो अघाएको रहेनछ
गाई भैँसी भोकै रहेछन्
बुढा बाले गाईलाई
खोले पकाएको रहेनछ
गणतन्त्र आएपछि
सुख शान्ति हुन्छ भन्थे
साँच्चै सुखशान्ति ता
उ बेलाको जति पनि
यो गणतन्त्र आएपछि
आएको रहेनछ
रुख काटिएका छन्
बाँझै बारी छन्
आमैले डोकोमा रित्तो गाग्री
हालेर पानी लिन
तल खोल्सीमा जानै पर्दो रहेछ
वनपाखा सुख्खा भएर
घरनिरको कुवामा
मूल पलाएको रहेनछ
आमाले गाईलाई खोले पकाएको छैन
थोत्रिएका छन् छानाहरु
छोरो छ विदेश
जवान कोही छैन
चुहेको छानो
काम गरिदिने नपाएर
अहिलेसम्म छाएको रहेनछ
चैत्र वैशाखमा ता
कोइली पनि कराएको रहेनछ
यसैले साथी
यता गाउँ ठाउँमा
गणतन्त्र आएको रहेनछ ।

तिम्रो सिफारिस भोलि गरिदिन्छु भन्ने
उ बेलाको प्रधानपञ्च
र अहिलेको मेयर
र्‍यालीमा गएकोले
अहिलेसम्म पनि
कार्यालयमा आएको रहेनछ
मेयर ता मेयर भैगो
किन आओस् बेलामा
गणतन्त्र पनि आएको रहेनछ ।

०००
भद्रपुर, झापा
homsuvedi@gmail.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
भरत आचार्य
भरत आचार्य
1 year ago

भ्रममा जो परिओ

Nepal Telecom ad
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
1
0
Would love your thoughts, please comment.x
()
x