साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सञ्जाले जिन्दगी

डुब्ने भिज्ने र पौडनेको त कुरै छाडौं बाहिरी श्रृङ्गारमा चुर्लुम्म डुब्दै हल्का टिप्पणीका बहुरूप हेर्दै समयका चाङहरू बित्ने गर्छन् ।

Nepal Telecom ad

हरिप्रसाद उप्रेती :

कोही भन्छन् शुभकामना छ
कोही भन्छन् निरन्तरता रहोस्
अझ प्रगति र उन्नति छावस्
ग्रेट वर्क र किप् इट् अप

सुन्दर, रमाइलो, अव्सम
बधाई छ, अरू पनि देख्नपाउँ
सुन्दर जोडी, सुन्दर तस्वीर
सुन्दर परिवार, शुभ रहोस्
आहा क्या गज्जब, मीठो

हाम्रा सम्बन्धहरू यस्तैछन्
हाम्रो परिवेश यही वृत्तमाछ
यसैको रसस्वादन भैरहेछ
यही रङमङाइमा समय बितिरहेछ

खै किन हो
हामी यसैमा रमेकाछौं
यसैमा भुल्लिएकाछौं
यिनै कुराहरू खोजिरहन्छ मनले
सञ्जालहरू भरिन्छन् यिनै रङले

न सजीवता छ न गहनता नै
भित्र फुको बनेर बग्ने भेल जस्तै
गहिराइ खोतल्ने कस्को जाँगर
समीक्षा गर्ने कस्लाई फूर्सद

अझ बेफूर्सदी देखाएर
कहिले हाब्रो बाएको पठायो
कहिले बुढी औँला ठड्यायो
मुटुस्वरूपी नै पठाए पनि हुन्छ

कमेन्ट र लाइकमा शेयर र रिपोष्टमा
रमाउँदै रन्थनाउँदै र डुबुल्की मार्दै
समुन्नतिका पाइला टेक्ने रहर
सम्वृध्दिका सपना साँच्ने रहर

डुब्ने भिज्ने र पौडनेको त कुरै छाडौं
बाहिरी श्रृङ्गारमा चुर्लुम्म डुब्दै
हल्का टिप्पणीका बहुरूप हेर्दै
समयका चाङहरू बित्ने गर्छन् ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असल मान्छे

असल मान्छे

हरिप्रसाद उप्रेती
व्यतिरेक छटाहरू

व्यतिरेक छटाहरू

हरिप्रसाद उप्रेती
जीवनबोध

जीवनबोध

हरिप्रसाद उप्रेती
नौलो क्षितिज

नौलो क्षितिज

हरिप्रसाद उप्रेती
बोकेको मान्छे

बोकेको मान्छे

हरिप्रसाद उप्रेती
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x